शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खेलाडीको पुरस्कार ठग्नेलाई साग क्रिकेटमा टिकट बिक्रीको अधिकार

बिहीबार, १२ मङ्सिर २०७६, २२ : ०४
बिहीबार, १२ मङ्सिर २०७६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कै जिम्मेवारीमा प्रधानमन्त्री कप क्रिकेटको अधिकार पाएको नेपालय इन्टरनेशनल कम्पनीले प्रधानमन्त्री कपमा खेलाडीले पाउने पुरस्कारनै दिएको छैन । अहिले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा राखेपले लोकप्रिय खेल क्रिकेटको टिकट वितरण गर्ने अधिकार फेरि त्यही नेपालयलाई दिएको छ ।

राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले साग तयारीबारे बिहिबार आयोजित पत्रकार सम्मेलनमा क्रिकेटमा दर्शक टिकट विक्रिको अधिकार नेपालयलाई दिएको बताए । सागमा दर्शकले ई–सेवा मार्फत बल खेमहरु फुटबल, क्रिकेट, भलिबल र बास्केटबलको टिकट किन्न सक्ने ब्यवस्था गरेको छ । अन्य खेलका लागि निशुल्क प्रवेशको ब्यवस्था छ । क्रिकेट बाहेक तीन खेलका टिकट भने इ–सेवा आफैले वितरण गर्नेछ । राखेपले इ–सेवालाई आठ प्रतिशत रुकम दिने बताइएको छ ।

नेपालयको हकमा केही खुलाइएको छैन । क्रिकेट टिकट बिक्रिको अधिकार पाएको नेपालय खेलाडीको पुरस्कार रकमनै ठगी गर्ने कम्पनी हो । प्रधानमन्त्री कपमा सर्वोकृष्ट खेलाडीलाई मोटरसाईकल र विधागत तर्फका उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिने सम्झौता भएको थियो । तर, प्रतियोगिता सकिएपछि नेपालयका सञ्चालक सुवास प्रधानले सर्वोकृष्ट खेलाडीलाई ५० हजार र विधागत तर्फका उत्कृष्टलाई जनही ३० हजार रुपैयाँ मात्र प्रदान गरेका थिए ।

६ महिनाअघि प्रतियोगितामा सर्वोकृष्ट खेलाडी घोषित भएका ललित नारायण राजबंशीले पटक पटक आयोजकसँग पुरस्कार माग्दै आएका छन् । नेपालयका प्रबन्ध निर्देशक सुवास प्रधानले खेलाडीको पुरस्कार अहिलेसम्म दिएका छैनन् । पुरस्कारको बिषयमा राखेपले बैठक बोलाएपनि उनी अनुपस्थित हुने गरेका छन् । सागमा पुरुष क्रिकेट टियु मैदान कीर्तिपुरमा हुँदैछ । जसमा दर्शकका लागि लिग चरणमा दुई सय तथा सेमिफाइनल र फाइनलमा पाँच सय रुपैयाँ टिकट मूल्य राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप