भिडियो समाचार : मंसिर १५ र २४ गते यातायातमा जोरबिजोर प्रणाली, मौन अवधिमा बम विस्फोट
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको छ ।
महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा गत मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ ।
बिहीबार अस्पतालका चिकित्सक अरुण सायमीले प्रधानमन्त्री ओली सामान्य हिँड्न र खाना खान सक्ने भएको जानकारी दिए । उनले प्रधानमन्त्री ओलीलाई अझै सघन उपचार कक्षमा नै राखिएको पनि बताए ।
प्रधानमन्त्री ओलीले पनि बिहीबार बिहानै ट्वीटर ह्याण्डलमार्फत आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका थिए । प्रधानमन्त्री ओलीको उपचारमा चिकित्सकहरु अरुण सायमी, रमेशसिंह भण्डारी, दिव्या सिंहलगायतको टिम रहेको छ ।
१३ औं सागको तयारी
सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बिहीबार काठमाडौंमा संचारकर्मीहरुसँग कुरा गर्दै सागको व्यवस्थापन र खेलकुद सञ्चालन सम्बन्धी सबै तयारी पूरा भएको बताए । त्यस्तै मंसिर १५ गते आइतबार साँझ ५ बजे सागको भव्य समुद्घाटन दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने मन्त्री विश्वकर्माले जानकारी दिए । समुद्घाटन कार्यक्रममा देश विदेशबाट विभिन्न विशिष्ट व्यक्तिहरुको सहभागिता रहने समेत उनले बताए ।
साग समुद्घाटनमा कलाकारहरुले नेपाली कला संस्कृति झल्कने खालका प्रस्तुतिहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको समेत उनले बताए ।
त्यसैगरी सागको बेला २ दिन उपत्यकामा सञ्चालन हुने यातायातमा जोर विजोर प्रणाली लागू हुने भएको छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार सागको उद्घाटन र सम्पन्न हुने दिन मंसिर १५ र २४गते दुई दिन जोर–विजोर प्रणाली लागू गरिने भएको हो ।
मंसिर १५ गते विजोर नम्बर र २४ गते जोर नम्बरका सवारी साधन चल्ने महाशाखाले जनाएको छ । यो नियम काठमााडौं उपत्यकाको रिङ रोडभित्र लागू हुने एसएसपी ढकालले बताए ।
त्यस्तै भिभीआइपी र खेलसँग आवद्ध र सञ्चारमाध्यमका सवारी साधनलाई भने जोरविजोर प्रणाली लागू नहुने ट्राफिक प्रहरीले जनाएको छ । खेल अवधिमा सञ्चारमाध्यमका सवारी साधनको पार्किङ स्थान छुट्टै स्थानमा तोकिनेछ ।
त्यसैगरी, साग सुरक्षा उपसमितिले पनि पत्रकार सम्मेलन गरेको छ । सोही अवसरमा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विदेशी पाहुना र साग आयोजनाको मुख्य चुनौतीको रुपमा रहेको सुरक्षा ब्यवस्थालाई सहज रुपमा सम्पन्न गरिने बताए ।
यता सागको आइतबार हुने उद्घाटन भव्य बनाउन विशेष तयारी थालिएको छ । राजधानीको दशरथ रंगशालामा सागको औपचारिक उद्घाटन हुनेछ । त्यसका बिहीबार रंगशालामा ‘रिहर्सल’ गरिएको छ । नेपाली सेना, प्रहरी तथा विद्यार्थीले ‘रिहर्सल’ गरेका हुन् ।
सागमा विशेषगरी फुटबल, क्रिकेट, भलिबल र बास्केटबल खेलमा दर्शक शुल्क राखिएको र दर्शकले ई–सेवा मार्फत टिकट किन्न सक्ने ब्यवस्था गरेको छ ।
मौन अवधिमा बम विस्फोट
उपनिर्वाचनको मौन अवधिकै समयमा एक उम्मेदवारको घरमा बम विस्फोट भएको छ । महोत्तरीको पिपरा गाउँपालिकाका नेकपा उम्मेदवारको घरमा बम विस्फोट भएको हो । नेकपाका उम्मेदवार बिक्रम चौधरीको घर नजिकै बम विस्फोट भएको हो ।
विस्फोटबाट चौधरीको घरको कम्पाउण्डको पर्खाल र शौचालयमा क्षति पुगेको छ । प्रहरीले विस्फोट भएको प्रेसर कुकर बम रहेको बताएको छ । मंसिर १४ गते सो गाउँपालिकामा उपनिर्वाचन हुँदैछ भने मौन अवधिको समयमा भएको विस्फोटले स्थानीयमा त्रास फैलिएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।
मन्त्रिपरिषद् बैठक
पछिल्लो मन्त्रिपरिषद बैठकका दुई निर्णय सार्वजनिक भएका छन् । बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गोकुल बाँस्कोटाले पछिल्लो पटक गरेका २ निर्णय सार्वजनिक गरेका छन् ।
समाचार भिडियो हेर्नुहाेस्
जसमा नेपाल भारत पारबहन सन्धि पुनरावलोकनसम्बन्धी सहसचिव स्तरीय बैठकका लागि उद्योग मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय भएको छ । त्यसैगरी भुमीसम्बन्धी एकिकृत विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति पनि प्रदान गरेको छ ।
निर्णय सार्वजनिक हुनु अगावै सन्धि पुनरावलोकनसम्बन्धी बैठक बसिसकेको छ ।
अर्थमन्त्री खतिवडा
अर्थमन्त्री डा. युवराज खतिवडाले साना व्यवसाय तथा उद्यम गर्नका लागि पूँजीको अभाव हुन नदिने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खतिवडाले सरकारले साना तथा घरेलु उद्योगको विकासका लागि पूँजीको अभाव हुन नदिने नीति लिएको बताए ।
साना तथा घरेलु उद्योगको विकास गरी रोजगारी सिर्जना गर्न उद्यमीहरुलाई प्रोत्साहन गर्नका लागि पनि पूँजी अभाव हुन नहुने उनले बताए । उनले बैंकहरु मार्फत सरकारले ब्याज अनुदानमा उपलब्ध गराउने सहुलियत ऋणको उपयोग गर्नपनि हस्तकला व्यवसायीहरुलाई आग्रह गरे ।
कार्यक्रममा उद्योगी व्यवसायीहरुले सरकारले हस्तकला व्यवसायको विकासका लागि आधुनिक प्रविधि र सिप विकासमा सघाउ पु¥याउनुपर्ने बताए ।
आइएमईको विजेता घोषित
बैंकिङ च्यानलबाट रेमिट्यान्स भित्र्याउँदै आएको आइएमईले दशैंका अवसरमा ल्याएको ‘दशैंमा डबलको डबलको डबल’ अफरको बम्पर बिजेता सप्तरीका विरेन्द्र खङ्खत्वे बनेका छन् ।
आइएमईले काठमाडौंमा बिहीबार एक कार्यक्रम गरी लक्कि ड्र मार्फत बिजेता घोषणा गरेको हो । बिजेता खङ्खत्वेले आइएमई मार्फत ५९ हजार ७ सय ३२ रुपैयाँ पठाएका थिए । उनले बम्पर अफर मार्फत पठाएको रकमको आठ गुणा ४ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ जितेका छन् ।
कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएईले ल्याएको यस्तो योजनाले विदेशमा बसेर कमाएको रकमलाई बैंकिङ प्रणालीमार्फत देशमा भित्र्याउन सहयोग पुगेको बताए ।
आइएमईले गत भदौ १५ गते देखि कात्तिक मसान्त सम्मका लागि उक्त अफर सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात