बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साग भलिबलः दोस्रो खेलमा नेपाल भारतसँग पराजित

बिहीबार, १२ मङ्सिर २०७६, १८ : ४७
बिहीबार, १२ मङ्सिर २०७६

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ ।त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको खेलमा नेपाल भारतसँग ३–० को सोझो सेटमा पराजित भएको हो । 

उपाधि दाबेदार भारतविरुद्ध नेपालले पहिलो सेट २६–२४ को गुमाएको थियो । तर, दोस्रो र अन्तिम सेटमा भने नेपाल भारतसँग सहजै पराजित भयो । भारतले नेपाललाई दोस्रो सेटमा २५–१२ र अन्तिम सेट २५–१६ ले पराजित गर्यो । यसअघि नेपालले पहिलो खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो। नेपाल सेमिफाइनलमा जानका लागि अब भारतले समूहको अन्तिम खेलमा बंगालदेशलाई पराजित गर्नु पर्ने हुन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप