साग भलिबलः दोस्रो खेलमा नेपाल भारतसँग पराजित
बिहीबार, १२ मङ्सिर २०७६, १८ : ४७
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ ।त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको खेलमा नेपाल भारतसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।
उपाधि दाबेदार भारतविरुद्ध नेपालले पहिलो सेट २६–२४ को गुमाएको थियो । तर, दोस्रो र अन्तिम सेटमा भने नेपाल भारतसँग सहजै पराजित भयो । भारतले नेपाललाई दोस्रो सेटमा २५–१२ र अन्तिम सेट २५–१६ ले पराजित गर्यो । यसअघि नेपालले पहिलो खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो। नेपाल सेमिफाइनलमा जानका लागि अब भारतले समूहको अन्तिम खेलमा बंगालदेशलाई पराजित गर्नु पर्ने हुन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण