सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपनिर्वाचन: कास्कीमा ४ सय १० कर्मचारी मतदानस्थलमा

बिहीबार, १२ मङ्सिर २०७६, १५ : ५५
बिहीबार, १२ मङ्सिर २०७६

कास्की । कास्की क्षेत्र नं २ मा यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि ४१० सरकारी कर्मचारी मतदातस्थलतिर लागेका छन् । उपनिर्वाचनका लागि ८२ मतदान केन्द्र र ३२ मतदानस्थलमा ८२ मतदान अधिकृत तथा ८२ सहायक मतदान अधिकृतसहित ४१० सरकारी कर्मचारी र ३२८ स्वयमंसेवक मतदान क्षेत्रमा खटिने जिल्ला निर्वाचन कार्ययलका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिए ।

मतदानका लागि निर्वाचन अधिकृतले ५६ प्रकारका निर्वाचन सामग्री बुझेर सम्बन्धित क्षेत्रमा जाने क्रम जारी रहेको रेग्मीले बताए । पोखरा महानगरपालिकाका विभिन्न ११ वडाका ७१ हजार १७१ मतदाताले प्रतिनिधिसभा सदस्यका लागि मत हाल्दैछन् । उक्त क्षेत्रमा १० स्वतन्त्रसहित २१ उम्मेदवारले उम्मेदवारी दिएका छन् ।  निर्वाचन आयोगले यही मङ्सिर १४ गते बिहान ७ः०० देखि बेलुकी ५ः०० बजेसम्म मतदानको समय तोकेको छ । 

त्यसैगरी सुरक्षा चुनौतीलाई ध्यान दिँदै एकृकीत सुरक्षा समितिमार्फत भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सबै तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । निर्वाचनलाई सामान्य, संवेदनशील, अतिसंवेदशील गरी तीन तहमा विभाजित गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको केसीले बताए । सम्पूर्ण सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका र सबै सुरक्षा प्रबन्ध मिलाइएको उहाँले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप