अर्घाखाँची बस दुर्घटना अपडेट: २४ घण्टापछि मृतक १९ जनाको सनाखत
बिहीबार, १२ मङ्सिर २०७६, १५ : ४५

बुटवल । अर्घाखाँचीको सन्धिखर्क कपिलवस्तुको गोरुसिङ्गे आउँदै गरेको बस दुर्घटनामा मृत्तक १९ जनाको २४ घण्टापछि सनाखत भएको छ । हिजो सन्धिखर्क नगरपालिका– ६ नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत अर्घाखाँची जिल्लका प्रमुख जिल्ला अघिकारी बिजयराज पौडेलले रातोपाटीलाई बताए ।
सनाखत भएका ११ जनाको शव पोष्टमार्टमपछि आफन्तले बुझिसकेका छन् भने ८ जनाको शव बुझाउन बाँकी रहेको छ ।घाईतेहरुको बुटवल र भैरहवाको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । बुझाउन बाँकी रहेका शव जिल्ला अस्पताल अर्घाखाँचीमा राखीएको छ ।
दुर्घटना भएको स्थान अर्घाखाँचीको घुक्तीकटे पछि सल्लेरीमा भएको थियो । जहाँ बस्ती छैन् । बस्ती नभएको स्थान र सदरमुकाम सन्घिखर्कमा लैजान टाढा भएका कारण उदारको लागी ढिलाई भएको थियो । घाइतेहरु धेरैको घटनास्थलमै मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम