बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

क्राइम ब्रान्चको ‘प्रहरी निरीक्षक हुँ’ भन्दै पैसा असुल्न खोज्ने पक्राउ

बिहीबार, १२ मङ्सिर २०७६, १२ : ५६
बिहीबार, १२ मङ्सिर २०७६

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चको प्रहरी निरीक्षक हुँ भनी पैसा असुली गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–५ बस्ने २७ वर्षीय दिव्यप्रकाश चतुर्वेदीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

चतुर्वेदीले मकवानपुर हेटौंडा उपमहानगरपालिका–९ बस्ने एक व्यक्तिलाई प्रहरी हुँ भन्दै हप्काई पैसा मागेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका चतुर्वेदी हातहतियार खरखजाना कसुरमा २०७५ चैत ३० गते जिल्ला अदालत पर्साको आदेशले १ लाख रुपैयाँ धरौटीमा छुटेका व्यक्ति हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप