हेमन्तको नयाँ गीत ‘आकाशै ज्यान’
बिहीबार, १२ मङ्सिर २०७६, १२ : १३
काठमाडौं । गायक तथा संगीतकार हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘आकाशै ज्यान’ सार्वजनिक भएको छ ।
म्युजिक भिडियो सहित सार्वजनिक गीतमा संगीत पनि उनकै रहेको छ । गीतको शब्द डिपी खनालले कोरेका हुन् ।
भिडियोमा देबेन्द्र बब्लु, सोनम मगर, विशाल घिमिरे र हेमन्तकै अभिनय देख्न सकिन्छ । अनिल के मानन्धरको निर्देशन रहेको भिडियोमा प्रेम र रोमान्स देखाइएको छ ।