अस्पतालको शैय्याबाट प्रधानमन्त्रीको ट्वीट : मेरो स्वास्थमा तीव्र गतिमा सुधार भइरहेको छ
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले अस्पतालको शैय्याबाटै ट्वीट गर्र्दै आफ्नो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको जानकारी दिएका छन् । उनले शुभेच्छा प्रकट गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त समेत गरेका छन् ।
उनले लेखेका छन्,
बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
— K P Sharma Oli (@kpsharmaoli) November 28, 2019
मंसिर १० गते एपेन्डिसाइटिसको अपरेसन गरेका ओली ‘त्रिविस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्जमा उपचाररत छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै प्रमको सवास्थ्यमा उल्लेखनीय सुधार भइरहेको जनाएका हुन् । उनलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित चिकित्सकको निरन्तर निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।
बुधबारबाट कुराकानी गर्न थालेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था हेरेरमात्रै कहिले डिस्चार्ज गर्ने भन्ने निर्णय गर्ने चिकित्सकहरुले बताएका छन् ।
मंसिर १० गते बिहान पेट दुखेर अस्पताल लगिएका प्रधानमन्त्री ओलीको विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परीक्षण पश्चात एपेन्डिसाइटिसको शल्यक्रिया गरेका थिए ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, यता ओलीको पटक–पटक डायलासिस भैसकेको छ । प्रधानमन्त्री ओलीको फेरि मिर्गौला प्रत्यार्पण गर्ने तयारी समेत भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजी ब्राण्डको विन्टर प्रोडक्ट्सहरु सार्वजनिक
-
उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मत जाहेर गर्ने अवसर : प्रचण्ड
-
चेन्नई सुपर किङ्सको मालिकले आईपीएलमा फिक्सिङ गरेको ललित मोदीको आरोप
-
लुम्बिनी प्रादेशिक इन्धन डिपो : डीपीआर तयार गर्न केयुसँग सम्झौता
-
समयमा काम नगर्ने ठेकदारलाई कारबाही गर्ने मन्त्रीको चेतावनी
-
‘समस्याग्रस्त’ कर्णाली विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट