शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लिभरपुल नापोलीसँग बराबरीमा रोकियो

बिहीबार, १२ मङ्सिर २०७६, ०८ : २१
बिहीबार, १२ मङ्सिर २०७६

साविक विजेता लिभरपुल च्याम्पियन्स लिग छनोट खेलमा इटालियन क्लब नापोलीसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा लिभरपुलले नापोलीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

यस बराबरीले लिभरपुललाई च्याम्पियन्स लिगमा छनोट हुन अझै अर्को खेल कुर्नुपर्ने भएको छ । लिभरपुलले एक गोलले पछि परेको स्थितिमा बराबरी गोल फर्काएको थियो । लिभरपुलका लागि डेजान लभरेनले गोल गरे । नापोलीका ड्रिस मर्टेन्सले सुरुवाती गोल गरेका थिए ।

२१औं मिनेटमा मर्टेन्सको गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । लिभरपुलले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो । ६५औं मिनेटमा लभरेनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । बराबरीसँगै समूह ‘ई’ मा लिभरपुल पाँच खेलबाट १० अंक बनाएको छ । लिभरपुल शीर्ष स्थानमा स्थानमा यथावत छ । नौ अंक बनाएको नापोली दोस्रो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा साल्जवर्गले जेन्कलाई ४–१ गोलले हराएको छ । साल्जवर्गको जितमा पास्टोन डाका, ताकुमी मिनामिनो, हि चान ह्वाङ र अर्लिङ ब्राउट हल्यान्डले गोल गरे । जेन्कका लागि एमबीवाना समताले एक गोल फर्काए । 

जितसँगै साल्जवर्गले पनि नकआउच चरणमा पुग्ने सम्भावना विजित राखेको छ । तेस्रो स्थानमा रहेको साल्जबर्गको पाँच खेलबाट सात अंक पुगेको छ । एक अंक बनाएको जेन्क अन्तिममा छ । यस समूहबाट अझै नकआउट चरणमा पुग्ने टोलीको टुंगो लागेको छैन । लिभरपुललाई अन्तिम चरणको खेलमा कम्तिमा बराबरी खेल्नुपर्ने आवश्यकता छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप