बोलिभियाद्वारा एघार बर्षपछि अमेरिकाका लागि राजदूत नियुक्त
लापाज । बोलिभियाले एघार बर्षपछि पहिलोपटक संयुक्तराज्य अमेरिकाका लागि राजदूत नियुक्त गरेको बोलिभियाली अधिकारीले बताएका छन् । यस पहिले संयुक्त राष्ट्रसङ्का लागि बोलिभियाको राजदूत र स्थायी प्रतिनिधिका रूपमा काम गरिसकेका वाल्टर ओस्कार सेराट सेउलारलाई बोलिभियाले अमेरिकाका लागि राजदूत नियुक्त गरेको त्यहाँको विदेश मन्त्रालयद्वारा ट्वीटरमार्फत मङ्गलबार जारी विज्ञप्तिमा उल्लेख छ । यद्यपि उनको नियुक्ति सदर हुनका लागि बोलिभियाको संसदबाट अनुमोदन हुनुपर्छ ।
कामचलाउ सरकारले निवर्तमान राष्ट्रपति इभो मोरालेसको अनुपस्थितिमा नै निर्वाचन गर्ने तयारी गरिरहेका समय अमेरिकाका लागि राजदूतको नियुक्ति आएको हो । बोलिभियाको राष्ट्रपतिका लागि भएको निर्वाचनमा मोरालेस चौथो कार्यकालका लागि जितेपछि त्यहाँको प्रतिपक्षी दलले निर्वाचनमा धाँधली भएको भन्दै आन्दोलनमा उत्रिएको थियो । त्यसपछि झिनो मतले राष्ट्रपति विजय भएका मोरालेसले राष्ट्रपतिको पदबाट राजिनामा घोषणा गर्न बाध्य भएका थिए ।
पूर्वराष्ट्रपति मोरालेसले अक्टोबर १० मा पदबाट राजिनामा दिई मेक्सिकोमा शरण लिनुभएको छ । परिवर्तित राजनीतिक अवस्थामा अन्तरिम सरकारले देशको वैदेशिक नीतिलाई पुनरावलोकन गर्दै अमेरिकासँगको सम्बन्धलाई जोड्ने नीति लिएको हो ।
वासिङ्टन र लापाजबीचको कूटनीतिक विवादपछि सन् २००८ मा अमेरिकाका लागि बोलिभियाली राजदूतलाई देश छाड्न अमेरिकाले निर्देशन दिएको थियो । बदलामा बोलिभियाले पनि अमेरिकी राजदूतलाई आफ्नो देश छोड्न आदेश दिएको थियो ।
समाजवादी नेता मोरालेसले बोलिभियामा करिब १४ बर्ष सत्ता चलाउने क्रममा अमेरिका र बोलिभियाबीचको सम्बन्धमा समस्या आएको थियो । अमेरिकाको सहयोगप्राप्त दक्षिणपन्थी धारकी सांसद जेयनाइन एनेजले मोरालेसको राजिनामापछि आफू राष्ट्रपति बनेको घोषणा आफैले गरेका थिए ।
त्यस्तै यसअघि बोलिभियाको राम्रो सम्बन्ध रहेका समाजवादी मुलुक क्युवा र भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोसँगको कूटनीतिक सम्बन्धलाई तोडिएको पनि घोषणा गरेका छन् । –एएफपी/Photo: EPA/aljazeera
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन