पेशाप्रति इमान्दार बन्न स्वास्थ्यमन्त्रीको आग्रह
बुधबार, ११ मङ्सिर २०७६, २२ : ३३

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालय मातहतमा सञ्चालित केन्द्रीय अस्पतालको निरीक्षण तथा अवलोकन शुरुआत गरेका छन् । यसक्रममा आज उनले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको अवलोकन गरी स्वास्थ्यकर्मी तथा चिकित्सकलाई आफ्नो पेशाप्रति इमान्दार बनी सेवा पु¥याउन निर्देशन दिए ।
उनले भने, ‘मैले सुनेको छु केही स्वास्थ्यकर्मी तलब सरकारी लिन्छन्, काम निजीमा गर्दछन् । अब यो कार्य बन्द हुनुपर्छ । यसमा मन्त्रालयले प्रभावकारी अनुगमन गर्छ ।’ सरकारको नीति तथा कार्यक्रममा उल्लेखित स्वास्थ्यका कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन गर्न र गरीब जनतालाई अस्पतालको सेवाबाट सन्तुष्ट पार्न मन्त्री ढकालले निर्देशन दिए । उपकरण खरीद प्रक्रियालाई पारदर्शी बनाउने जानकारी पनि उनले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्राधिकरणले अब गति लिन्छ : मन्त्री अधिकारी
-
खोटाङमा अन्तरजातीय विवाह गर्ने पाँच दम्पती सम्मानित
-
निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती
-
शारीरिकसरह मानसिक स्वास्थ्यका संरचना निर्माण गर्नू, लान्छना लगाउनेलाई दण्डित गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने मुख्यमन्त्री कँडेलकाे प्रतिबद्धता
-
सरकारले आन्दोलनरत शिक्षकरूलाई वार्तामा बोलायो