नेपालले फेरि लड्समा खेल्ने
बुधबार, ११ मङ्सिर २०७६, २१ : ५५
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले फेरि विश्वको पुरानो तथा चर्चित क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सँग इङ्यान्डको लर्ड्स मैदानमा खेल्ने भएको छ । एमसीसीले बुधबार एक प्रेस विज्ञप्ति निकाल्दै लिगेसी टुर अन्तर्गत नेपालले इङ्यान्डको भ्रमण गर्ने जानकारी दिएको छ । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।
नेपालले आगामी अगस्टमा लर्डस्को भ्रमण गर्नेछ । नेपाल र एमसीसीबीचको खेल अगष्ट २४ तारिखमा खेलिने बताइएको छ । नेपालले दोस्रो पटक लर्डस्को भ्रमण गर्न लागेको हो । नेपालले यसअघि सन् २०१६ मा लर्डस्को भ्रमण गरेको थियो । त्यस बेलाको भ्रमणमा नेपालले एमसीसी र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टी–२० सिरिज खेलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’