शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टीभीएस अपाचे सिरिज सप्तरङ्ग सिजन २ सम्पन्नः  सातै प्रदेशमा अपाचे आरटीआर १६० २भी सार्वजनिक

बुधबार, ११ मङ्सिर २०७६, १९ : ४०
बुधबार, ११ मङ्सिर २०७६

काठमाडौं– जगदम्बा मोटर्सले नेपालमा आधिकारिक रुपमा बिक्रीवितरण गर्दै आएको टीभीएस अपाचे सिरिज मुख्य प्रायोजक रहेको देशकै एक विशाल साँगीतिक कार्यक्रम टीभीएस अपाचे सिरिज सप्तरङ्ग सिजन २ ले सातवटै प्रदेशमा भव्य कार्यक्रम सम्पन्न गरेको छ । 

देशलाई सँगीतको माध्यमबाट जोड्ने प्रयासका साथ गत कार्तिक २० गतेदेखि शुरु गरिएको यो कार्यक्रम यही मंसिर ४ गते सम्पन्न भएको छ ।

भिजिट नेपाल २०२० लाई लक्षित गरी यस साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमालको साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई लगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुतिद्वारा उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

सोही टीभीएस अपाचे सिरिज सप्तरङ्ग सिजन २ को साँगीतिक माहौल बीच युवा वर्ग माझ अत्यन्त कौतुहल रहेको टीभीएस अपाचे आरटिआर १६० २भी रेस एडिसन डबल डिस्कको पनि सातवटै प्रदेशमा कार्यक्रममा सहभागी कलाकारहरु द्धारा सार्वजनिक गरिएको थियो ।

टिभिएस मोटर कम्पनीको लोकप्रिय टीभीएस अपाचे सिरिज अन्तर्गत रहेको अपाचे आरटीआर १६० २भी रेस एडिसन डबल डिस्कको मुख्य आकर्षण डबल डिस्क ब्रेक, न्यू हाईग्रिप रिमोरा टायर, न्यू रेसिङ ग्राफिक, न्यू थ्रिडि हर्स लोगो ओभरस्क्वायर इन्जिन र डिजिटल डिस्प्ले हुन् । 

साथै यसको इन्जिन एयर कूल्ड छ र इलेक्ट्रिक÷किक स्टार्ट  गर्न सकिने विशेषतायुक्त छ । यसैगरी ग्राउण्ड क्लिरेन्स १६५ मिमि रहेको यो अपाचे आरटीआर यो बाइक हाँक्दा थप आनन्दको अनुभूती प्राप्त हुनेछ । 

टीभीएस अपाचे सिरिज सप्तरङ्ग सिजन २ को साँगीतिक वातावरणमा झुम्न भेला भएका दर्शकहरुका सामू अपाचे आरटीआर १६० २भी  रेस एडिसन डबल डिस्क मोटरसाईकल सार्वजनिक गर्न पाउनु एक विशेष अवसर भएको बताउँदै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘नेपाली गीत संगीत र अन्य रमाइलो कार्यक्रमहरुको मज्जा उठाउन आउनु भएका दर्शकहरुले हाम्रो नयाँ मोटरसाईकल प्रति जुन उत्सुकता व्यक्त गर्नु भएको छ त्यसमा खुसी लागेको छ । हामीलाई विश्वास भएको छ कि सप्तरङ्ग सिजन २ कार्यक्रम जसरी सफलतापूर्वक सम्पन्न भएको छ, त्यसरी नै अपाचे आरटीआर सिरिजले पनि एक नयाँ रेकर्ड कायम गर्नेछ । ’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप