बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

खेम भण्डारीविरुद्ध फेरि पर्यो मुद्दा

बुधबार, ११ मङ्सिर २०७६, १९ : ११
बुधबार, ११ मङ्सिर २०७६

कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा बुधबार गाली बेइज्जती मुद्दा दर्ता गरिएको छ । भण्डारी सम्पादक रहेको ‘मानखण्ड दैनिक पत्रिका’मा तथा सामाजिक सञ्जाल फेसबुकमा बदनाम गराउने नियतले समाचार सम्प्रेषण गरेको भन्दै भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टका भतिजा आयुष विष्टले मुद्दा दर्ता गराएका हुन् ।

अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले भण्डारीविरुद्ध गाली बेइज्जतीअन्तर्गत मुद्दा दर्ता भएको बताए । गतसाता अघिमात्रै विचाराधीन मुद्दालाई प्रभावित पारेको र अदालतको अवहेलना गरेको भन्दै जिल्ला अदालत बार एसोसिएसनले दायर गरेको मुद्दामा पत्रकार भण्डारीले एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजाय भुक्तान गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप