बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको शैली बदल्न काँग्रेसको जीत आवश्यक : गगन थापा

बुधबार, ११ मङ्सिर २०७६, १८ : ४५
बुधबार, ११ मङ्सिर २०७६

चितवन ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारको शैली बदल्न नेपाली काँग्रेसले निर्वाचन जित्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस भरतपुर महानगरपालिका–१६ को चुनाव प्रचारप्रसार समितिले आयोजना गरेको चुनावीसभामा बुधबार उनले शैली बदल्दै सरकारलाई सन्देश दिनका लागि उपनिर्वाचन काँग्रेसले जित्नुपर्ने बताएका हुन् । 

नेता थापाले शक्तिशाली रूपमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षको अवधिमा जनचाहनाअनुसार काम गर्न नसकेको आरोप लगाएयो । उनले भने “सरकारले काम गर्न सकेको छैन । तपाईँहरुले यस निर्वाचनमार्फत सन्देश पठाउन जरुरी रहेको छ ।”

नेता थापाले केपी ओलीको सरकार अनुकूल समयमा भएको भए पनि काम गर्न नसक्दा जनता निरास भएको बताए । सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले आफ्नो समर्थन नेपाली काँग्रेसका उम्मेदवारलाई रहेको घोषणा गरेको थियो ।

संयुक्तका तर्फबाट वडाध्यक्षका उम्मेदवार विष्णु त्रिपाठी र जिल्ला सचिव केशव भण्डारीले आफूहरुको समर्थन काँग्रेसको उम्मेदवारलाई भएको बताए । भण्डारीले जिल्ला समितिको निर्णयले भरतपुर महानगर–१६ मा हुन लागेको उपनिर्वाचनको सन्दर्भमा पुरानो लोकतान्त्रिक गठबन्धनलाई सहयोग गरेको जानकारी गराए । 

सभालाई काँग्रेस केन्द्रीय सदस्य डिना सङ्ग्रौला, जिल्ला सभापति जीतनारायण श्रेष्ठ, नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार अमृत हमाललगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा नेकपा परित्याग गरी १५० जना काँग्रेसमा प्रवेश गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप