“प्रभु बैंक डिबेन्चर २०८४” को निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग
बुधबार, ११ मङ्सिर २०७६, १८ : ४१

काठमाडौं– प्रभु बैंक लिमिटेडको “प्रभु बैंक डिबेन्चर २०८४” २ अर्ब बराबरको डिबेन्चर १०% व्याज सहित आठ वर्षको लागि निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेड, नक्साल काठमाडौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको बैंकले जनाएको छ ।
कूल २०,००,००० कित्ता डिबेन्चरमध्ये १२,००,००० कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र ८,००,००० कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन हुनेछ ।
उक्त कार्यको लागि २०७६ साल मंसिर ११ गते प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठका बीच डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विगतमा गरेको सङ्घर्ष र त्याग नबिर्सौँ : उपप्रधानमन्त्री सिंह
-
स्वास्थ्यमा समस्या आएपछि शिक्षामन्त्री पाँच दिनेदेखि अस्पतालमा
-
मधेसी एकता समाजले दुबईमा मनायो होली
-
फाइनलअघि ट्रफीसहित कप्तानको फोटो सुट
-
काठमाडौँ आउने तयारीमा मिटर ब्याज पीडित
-
नेपाल–इटाली सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गर्नुपर्नेमा जोड