अपडेट : अर्घाखाँचीमा बस दुर्घटना, ८ जनाको मृत्यु
बुधबार, ११ मङ्सिर २०७६, १७ : ३३
काठमाडौँ । अर्घाखाँचीमा बुधबार अपरान्ह भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। सबैकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
सन्धिखर्कबाट बुटबलतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्वरको बस सन्धिखर्क नगरपालिका वडा नम्बर ६ कालाखोलामा दुर्घटनामा परेको सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीले जानकारी दिए । दुर्घटनामा १५ जना भन्दा बढी घाइते भएका छन् ।
बस पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ । बसमा २५-३० जना यात्रु सवार रहेको अनुमान गरिएको छ ।
बस दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
यसैबीच घटनास्थलमा प्रहरीका साथै स्थानीयले उद्दार जारी राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार