अपडेट : अर्घाखाँचीमा बस दुर्घटना, ८ जनाको मृत्यु
बुधबार, ११ मङ्सिर २०७६, १७ : ३३
काठमाडौँ । अर्घाखाँचीमा बुधबार अपरान्ह भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। सबैकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
सन्धिखर्कबाट बुटबलतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्वरको बस सन्धिखर्क नगरपालिका वडा नम्बर ६ कालाखोलामा दुर्घटनामा परेको सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीले जानकारी दिए । दुर्घटनामा १५ जना भन्दा बढी घाइते भएका छन् ।
बस पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ । बसमा २५-३० जना यात्रु सवार रहेको अनुमान गरिएको छ ।
बस दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
यसैबीच घटनास्थलमा प्रहरीका साथै स्थानीयले उद्दार जारी राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण