सिरहामा लागुऔषधसहित २ जना पक्राउ
बुधबार, ११ मङ्सिर २०७६, १६ : ०९

लहान । लागुऔषधसहित सिरहा प्रहरीले आज पुनः दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीचौकी ठडीबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषधसहित भगवानपुर गाउँपालिका–५ निवासी २१ वर्षीय मुकेश कुमार र २५ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो ।
मोटरसाइकलमा आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा डाइलेक्स डिसी १५ बोतल, डाइजेल्याब १८ पिस, प्रेमेथिन हाइड्राइड १८ पिस, नोरफिन १९ पिस र नाइट्रोभेट ३० पिस बरामद भएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
यसअघि प्रहरीचौकी झाझपट्टिबाट खटिएको गस्ती टोलीले मङ्गलबार चेकजाँचको क्रममा लागुऔषध डाइलेक्स डिसी ४६ बोतलसहित जिल्लाको सखुवानन्कारकट्टि गाउँपालिका–१ निवासी २३ वर्षीय रन्धिर यादवलाई पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत
-
अमेरिकाबाट डिपोर्ट हुनेमा २२ वर्षीय युवक र एक महिलासहित ८ जना रहेको पुष्टि
-
नेपालमा लिपमोटर टि०३ सार्वजनिक, मूल्य कति ?
-
माओवादी पदाधिकारी बैठकमा राजावादीको सक्रियताबारे समीक्षा
-
निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउने तयारी
-
प्रधानमन्त्री मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री राणा दिल्ली जाने