बग्दादमा एकैपटक तीन बम विस्फोट, ६ जनाको मृत्यु, १७ घाइते
बग्दाद । इराकको राजधानी बग्दादमा तीनओटा बम विस्फोटन हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । इराकी गृहमन्त्रालयका अनुसार मङ्गलबार बेलुका भएको सो घटनामा परी अरु १७ जना घाइते भएका छन् ।
‘हामीलाई प्राप्त जानकारी अनुसार अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने अरु १७ जना घाइते भएका छन्,’ एक प्रहरी अधिकारीले नाम सार्वजनिक नगर्ने सर्तमा भने ।
बग्दादमा मङ्गबार बेलुकाको समयमा तीन ओटा बम विस्फोट भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । एउटा मोटरसाइकल बम चर्चित बजार अल शाबमा विस्फोट भएको थियो । सो ठाउँ बग्दादको उत्तरपू्र्वी क्षेत्रमा पर्दछ ।
अर्को विस्फोट बग्दादको दक्षिणपूर्वी क्षेत्रमा पर्ने अल बैया क्षेत्रमा भएको समाचारमा जनाइएको छ । जहाँ चार जना घाइते भएका थिए । तेस्रो विस्फोट भने अल बालाडियटमा भएको हो । राजधानी बग्दादको पूर्वी क्षेत्रमा पर्ने यस ठाउँमा भएको विस्फोटनमा परी थप चार जना घाइते भएका थिए ।
विस्फोटनको घटनाका बारेमा अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् । तर यस क्षेत्रमा इस्लामिक स्टेट (आईएस) का लडाकूहरुले यसअघि धेरै हिंसात्मक घटना गराएकाले यो घटनामा पनि उनीहरुकै संलग्नता रहेको हुन सक्ने कतिपयको आशंका छ । –सिन्ह्वा/Photo: AP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय मामिलाले काट्यो काठमाडौँ महानगरपालिकालाई पत्र
-
वैवाहिक जीवनमा बाँधिए अस्मिता र महेश
-
४ दिनपछि पूर्वयुवराज पारस साह डिस्चार्ज
-
कुलमानबारे ऊर्जामन्त्री खड्का– ‘छोरा बाउ बन्न खोज्दा समस्या भएको हो, फेरि पनि माया त अझै छँदैछ’
-
डीएलए–पीपीएलए मिलेपछि विपक्षीको छुट्टै प्यानल,अध्यक्षमा श्रेष्ठ र महासचिवमा न्यौपानेको मनोनयन दर्ता
-
यस्तो छ फिल्म ‘११ः५५’ को ट्रेलर