बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

माघ २४ मा पूर्वमिस नेपाल निकिताको ‘साङ्लो’

बुधबार, ११ मङ्सिर २०७६, १३ : ५३
बुधबार, ११ मङ्सिर २०७६

काठमाडौं । अभिनेता विराज भट्ट र पूर्व मिस नेपाल निकिता चाण्डकको रोमान्स रहेको फिल्म हो ‘साङ्लो’ । माघ २४ गते रिलिज मिति घोषणा गरिएको फिल्मको अहिले एक पोष्टर सार्वजनिक गरिएको छ । जसमा विराजसँगै निकिता पनि देखिएकी छन् । 

‘साङ्लो’ केही पहिले ९ फागुनमा रिलिज हुने घोषणा भएको थियो । तर उक्त मितिमा अन्य धेरै फिल्म प्रदर्शनमा आउने भएपछि ‘साङ्लो’ले रिलिज मिति परिवर्तन गरेर माघमा सारेको हो ।

फिल्म अभिनेता बिराज आफैले निर्देशन गरेका हुन् । बिराजको यो निर्देशनमा डेब्यु फिल्म हो । फिल्मको पहिलो गीत बिहीबार रिलिज गर्ने तयारीमा विराज छन् ।

फिल्ममा बिराज र निकिताको अलवा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारको पनि अभिनय छ ।

श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत र रहेको फिल्मको कथा शिवम अधिकारीले तयार पारेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप