अजय नभेटेको भए शाहरुखसँग विवाह गर्नुहुन्थ्यो ? प्रशंसकको प्रश्नमा काजोलले दिइन् यस्तो जवाफ

बलिउड कलाकार शाहरुख खान र काजोलको जोडी स्क्रिनमा सबैभन्दा रुचाइएको जोडीमध्ये एक हो । यी दुईले थुप्रै फिल्ममा सँगै काम गरेर धेरैको मन जित्न सफल भएका छन् । मानिसहरु यी दुईको केमेस्ट्रि हेर्न रुचाउँछन् ।
हालै काजोलले आफ्नो इन्स्टाग्राम अकाउन्टमा प्रशंसकसँग प्रश्नोत्तर ढाँचामा अन्तर्क्रिया गरिन् र प्रशंसकको सबै प्रश्नको जवाफ दिने बचन पनि दिइन् । उनलाई एक प्रशंसकले यदि अजय देवगनलाई नभेटेको भए के शाहरुखसँग विवाह गर्नुहुन्थ्यो भनेर सोधे । यसमा काजोलले जवाफ दिइन्, ‘के पुरुषले प्रपोज गर्नु हुँदैन ?’ काजोललाई शाहरुख खानसँग अब कहिले काम गर्नुहुन्छ भनेर प्रश्न सोधियो यसको जवाफमा उनले भनिन्, ‘यहि प्रश्न शाहरुख खानलाई सोध्नुहोस् ।’
स्मरण रहोस्, काजोलले शाहरुख खानसँग ‘दिवलाले दुल्हनिया ले जाएंगे’, ‘बाजिगर’, ‘कुछ कुछ होता हे’, ‘कभी खुसी कभी गम’, ‘माई नेम इज खान’, ‘दिलवाले’ जस्ता थुप्रै फिल्ममा काम गरेका छन् ।
कामको कुरा गर्ने हो भने काजोल ‘तानाजीः अनसंग वारियर’ मा देखिनेछिन् । यो फिल्ममा उनी आफ्ना श्रीमान् अजय देवगनसँग देखिनेछिन् । यो फिल्ममा सैफ अली खान खलनायकको भूमिकामा छन् । फिल्म २०२० को जनवरी २० मा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेषको फैसला चित्त नबुझेपछि भ्रष्टाचारका १२ वटा मुद्दा लिएर सर्वोच्च पुग्यो अख्यितार
-
वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न उच्चको आदेश
-
शिक्षक महासंघले शिक्षा मन्त्रालयलाई बुझायो ध्यानाकर्षण पत्र
-
बजेट तयारी-छलफल : उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
-
धरानको जङ्गलमा भेटिएकी महिलाको पहिचान खुल्यो, घटना शंकास्पद
-
नेकपा एस कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का सर्वसम्मत