शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीको उच्चमनोवल हामी सबैको प्रेरणा : मुख्यमन्त्री पौडेल

बुधबार, ११ मङ्सिर २०७६, ११ : ३०
बुधबार, ११ मङ्सिर २०७६

काठमाडौँ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको उच्चमनोवल हामी सबैको प्रेरणा भएको बताएका छन्। 

उनले प्रधानमन्त्रीको उच्चमनोवल, दूरदर्शिता तथा विकासका धारणा सबै नेपालीका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरे। मुख्यमन्त्री पौडेलले आज एक सन्देश दिँदै स्वस्थ्यमा समस्या आएर अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरस्थित सघन कक्षमा राखेर उपचार भइरहेको छ ।

एपेन्डिसाइटिस सहित पेटको संक्रमण देखिएपछि मङ्गलबार प्रधानमन्त्री ओलीको शल्याक्रिया गरिएको थियो ।

प्रधानमन्त्री ओली बिहान ९ बजे उपचारका लागि उक्त सेन्टरमा पुगेका थिए । विज्ञ चिकित्सकहरु सम्मिलित टोलीले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस सहित पेटको संक्रमण देखिएको थियो ।

तत्काल अस्पतालले ‘ल्याप्रोटोमी’ र ‘एपेन्डिक्टोमी’ लगायतका विधिबाट प्रधानमन्त्री ओलीको उपचार गरिएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । त्रिविस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तम श्रेष्ठले प्रधानमन्त्री ओलीले बुधबार बिहानबाट सामान्य कुराकानी गर्न थालेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप