बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

किर्ते हस्ताक्षर गरेर दुई बैङ्कबाट २० लाख चोरी, ६ जना पक्राउ

बुधबार, ११ मङ्सिर २०७६, ०९ : ४९
बुधबार, ११ मङ्सिर २०७६

काठमाडौँ । खातावालको सही किर्ते गरेर जनता बैङ्क र एनआइसी एसिया बैङ्कबाट लाखौँ रकम झिक्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले यस प्रकरणमा ६ जनालाई पक्राउ गरेको पुष्टि गरे ।

यस विषयमा महानगरीय प्रहरी परिसर टेकुमा पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने बोगटीले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरुले विभिन्न समयमा किर्ते हस्ताक्षरबाट दुई बैङ्कबाट १९ लाख ९९ हजार रुपैयाँ चोरी गरेको पाइएको छ ।

‘आफ्नो चेक हराएको भन्दै किर्ते हस्ताक्षरबाट खातावालको नयाँ चेक लिने र त्यही चेकबाट रकम झिक्ने गरेको पाइएको छ,’ प्रहरी स्रोतले भन्यो ।

आफ्नो खाताबाट रकम गायब भएको भन्दै खातावालले दिएको उजुरीपछि उनीहरुलाई पक्राउ गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले रातोपाटीलाई बताए ।

यस प्रकरणमा बैङ्ककै कर्मचारीको संलग्नता भएको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यसअघि, गत भदौ महिनामा पनि विभिन्न बैङ्कको एटीएम ह्याक गरेर करोडौँ रुपैयाँ निकालिएको थियो । उक्त प्रकरणमा चिनियाँ नागरिकसहित नेपाली नागरिकहरु पक्राउ परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप