रक्सी, लागुऔषधको लतले बर्बाद भइन् यी बलिउड नायिकाः वरुण धवनसँग गरिसकेकी छिन् काम
बलिउड नायक वरुण धवनको फिल्म एबीसीडी टुकी नायिका र डान्सर लरेन गटबिलले आफूबारे निकै ठूलो खुलासा गरेकी छिन् । उनले एक अन्तर्वार्तामा फिल्म एबीसीडी टु पछि आफू नराम्रोसँग रक्सी र लागुऔषधको नशामा परेको बताएकी छिन् ।
३१ वर्षीया नायिका लरेन गटबिलले मुम्बई मिररलाई दिएको अन्तर्वार्तामा आफू कतै अँध्यारोमा हराएको बताएकी थिइन् । लगभग ८ महिनासम्म आफूले सोसल मिडियामा हाँसिरहेको फोटो राखेता पनि भित्र भित्रै आफू अत्यधिक तनावमा भएको बताइन् ।
नायिकाले भनिन्, ‘म असाध्यै दुःखी थिएँ । म आफ्नो उदासीको उपचार नशामा खोज्न थालेँ । म रक्सी पिउँथे, लागुऔषधको प्रयोग गर्दथेँ । सायद ती सबै कुराहरु गर्थेँ जसले मलाई खुसी बनाउन सक्थ्यो ।’
यस्तो गरिराख्दा लरेनले आफूलाई पीडित पनि ठान्ने गरेको बताइन् । आफू यो दलदलबाट निस्कन उनलाई धेरै नै समय लागेको पनि उनले बताइन् ।
लरेन बिग बस ११, झलक दिखलाजा सिजन ६ मा पनि देखिइसकेकी छिन् । यसबाहेक उनले विभिन्न पञ्जाबी फिल्म र गीतमा पनि काम गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव
-
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट
-
एकीकृत समाजवादीलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ : माधव नेपाल
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट