शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा पहिलो दक्षिण पूर्व एसियन रिपब्लिकन क्लबको स्थापनाः नेपाली मूलका देवि डेविड आचार्य अध्यक्षमा निर्वाचित

बुधबार, ११ मङ्सिर २०७६, ०७ : ४७
बुधबार, ११ मङ्सिर २०७६

डिसी । अमेरिकाको टेक्सस राज्यमा पहिलो पटक दक्षिण पूर्व एसियन रिपब्लिकन क्लबको स्थापना भएको छ जसमा टेक्सस ड्यालस बस्दै आएका समाजसेवी तथा व्यवसायी देवी डेविड आचार्य अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

उक्त क्लव (अड्डा) को गठन औपचारिक रुपमा गत नोभेम्बर २३ (मंसिर ७) का दिन भएको हो । अमेरिकामा बसोबास गर्दै आएका दक्षिण पूर्व एसियनहरुको प्रयासबाट उक्त क्लब (अड्डा ) स्थापना सम्भव भएको हो ।

क्लबमा ती सदस्य समावेश छन्, जसले अमेरिकी रिपब्लिकन दलका सिद्धान्त प्रति विश्वास गर्छन् र रुढिवादी मूल्यलाई समर्थन गर्छन् । 

यसका साथै रिपब्लिकन पार्टी (दल) का कोही उम्मेद्वार भए क्लबका  सदस्यहरु एक ढिक्का भई निर्वाचनमा भाग लिइ आफ्नो दलका उम्मेदवारलाई जिताउनु नै  क्लबको मूल उद्देश्य हो । 

मुलधारको राजनीतिमा प्रवेश गर्ने हेतुले अमेरिकामा बसेर यही मूलको नागरिक भएका कारण आफ्नो दायित्वलाई शिरोधार्य गरेर क्लबको स्थापना भएको नवनिर्वाचित अध्यक्ष देवी डेविड आचार्यले जनाएका छन् ।

आचार्यले भविश्यमा यसको विस्तार  अमेरिकाका विभिन्न राज्यहरुमा गरिने समेत जानकारी गराएका छन् । हाललाई उक्त क्लबमा अध्यक्षमा देवी डेविड आचार्य, उपाध्यक्षमा बब भण्डारी, महा सचिवमा कमल शर्मा र संचालक समिति सदस्यको सभापतिमा शंकेश सुबेदी तथा जनसम्पर्क समितिको सभापतिमा होङ्ग वोङ्ग निर्वाचित भएका छन् । उक्त क्लब गठन हुँदा रिपब्लिकन दलका बिधायक, न्यायाधिस, नगर प्रमुखलगायत नेपाली समुदायका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप