शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसरी एउटा ठूलो राज्य भाजपाको हातबाट फुस्कियो, अन्ततः महाराष्ट्रको मुख्यमन्त्री उद्दव ठाकरे !

मङ्गलबार, १० मङ्सिर २०७६, २३ : ४३
मङ्गलबार, १० मङ्सिर २०७६

एजेन्सी । भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले ३ दिन नबित्दै राजीनामा दिएपछि शिवसेनाका अध्यक्ष उद्दब ठाकरे मुख्यमन्त्री हुने निश्चितजस्तै भएको छ । मंगलबार फडणवीसले मुख्यमन्त्रीबाट राजीनामा दिएलगत्तै भारतीय काँग्रेस, राकपा र शिव सेनाको संयुक्त गठबन्धनले ठाकरेलाई संयुक्त गठबन्धनको नेता चुनेपछि मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । 

ठाकरे गठबन्धनका नेता चुनिएलगत्तै साँझ एक प्रतिनिधिमण्डलले राज्यपाल भगतसिंह कोश्यारीलाई भेटेको छ। सो प्रतिनिधिमण्डलमा आदित्य ठाकरे, बालासाहेब थोरात, एकनाथ शिन्दे, छगन भुजबललगायत धेरै नेताहरु रहेका थिए । उनीहरुले विद्यायकहरुको समर्थन पत्र राज्यपाललाई उपलव्ध गराउँदै सरकार गठन गर्ने दाबी गरेका छन् । उद्धवले  डिसेम्बर १ मा शिवजी पार्कमा साँझ ६ बजे शपथ लिने जनाइएको छ । यसअघि ठाकरेले पत्नी रश्मी, छोरा आदित्य र तेजससँग भेट गरेका थिए। 

बैठक समाप्त भएपछि अजित पवार पनि एनसीपी प्रमुख शरद पवारलाई भेट्न उनका घरमा पुगेका थिए । पवारले उपमुख्यमन्त्रीको पदबाट आजै राजीनामा दिएका थिए । उनले राजीनामा दिएलगत्तै मुख्यमन्त्री फडणवीसले राजीनामा दिएका थिए । उनीहरुको राजीनामासँगै भारतीय जनता पार्टीको हातबाट पहिलो ठूलो राज्य फुस्केको छ। लोकसभा चुनावमा जीत हासिल गरेपनि भारतीय जनता पार्टीको नेतृत्व महाराष्ट्रमा आफ्नो सफलता हात पार्न चुकेको छ । 

म फडणवीसका हरेक प्रश्नको उत्तर दिन तयार छु : ठाकरे
गठबन्धनका नेता चुनेपछि उद्धवले भने, ‘म ती सबै प्रश्नहरुको उत्तर दिन तयार छ, जुन देवेंद्र फडणवीसले उठाएका छन् । म केहिसँग डराउँदिन । झूठो हिन्दुत्वको भाग होइनन् । जब तपाईंलाई आवाश्यक भयो अंगालो हाल्नुभयो, आवश्यकता नभएको बेला तपाईंले हामीलाई छोड्नुभयो । म अहिले  दिइएको जिम्मेवारी पूरा गर्न तयार छु । हामी सँगै मिलेर फेरि उही महाराष्ट्रको निर्माण गर्नेछौं, जसको सपना छत्रपति शिवाजी महाराजले देख्नुभएको थियो।’

आफुले राज्यको नेतृत्व गर्ने सपना कहिल्यै नदेखेको बताउँदै उनले काँग्रेस आइकी कार्यवहाक अध्यक्ष सोनिया गान्धी र अरु नेतालाई धन्यवाद समेत दिए । केन्द्रबाट राष्ट्रपति शासन हटाएर शनिबार बिहान देवेन्द्र फडणवीसले मुख्यमन्त्रीको पदका लागि शपथ लिएका थिए । अजितलाई उप–मुख्यमन्त्री बनाइएको थियो ।

गुपचुप सरकार बनाएको मात्र तीन दिनपछि अजित पवारलाई सत्ताको चाबी अझै पनि काका शरद पवारसँग रहेको महसुस भएको थियो । मङ्गलबार बिहान सर्वोच्च अदालतले फ्लोर टेस्टको फैसला सुनाएपछि दिउँसो अजितले गुपचुप राजीनामा दिएका थिए । त्यसको केही घण्टापछि नै फडणवीसले पनि राजीनामाको घोषणा गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप