शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले बाटो बिरायो: महत

मङ्गलबार, १० मङ्सिर २०७६, २२ : ०६
मङ्गलबार, १० मङ्सिर २०७६

कास्की । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकार बाटो बिराएकाले लोकतान्त्रिक पद्धतिमा ल्याउन आफ्नो पार्टीको उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन् । पोखरा–२० भलाममा आज आयोजित चुनावीसभामा उनले अहिलेको राजनीतिक परिस्थितिको विश्लेषण गरेर मतदान गर्न आग्रह गरे ।

काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले अहिलेको उपनिर्वाचन सदाचार, विचार, न्याय र अन्याय तथा स्वतन्त्रता र निरङ्कुशता बीचको लडाइँ भएको बताए। मुलुकको समस्या समाधान गर्न सक्ने पार्टी काँग्रेसमात्र भएको भन्दै उनले काँग्रेस जनतासामु गरेका वाचा सधैँ पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । काँगे्रस प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको सरकारले अनावश्यक सपना मात्रै बाँडेको आरोप लगाए । उनले खेमराज पौडेल चुनाव जितेर गएपछि संसद्मा बोल्दै गर्दा कास्कीका नागरिक बोलेको आभास हुने बताए ।

उम्मेदवार पौडेलले जनताको अपेक्षामाथि ठेस पुग्न नदिने उल्लेख गर्दै अहिलेको चुनाव भनेको जनताको शक्ति देखाउने चुनाव भएको बताए । चुनावीसभामा केन्द्रीय सदस्य अर्जुन जोशी, धनराज गुरुङ, उमा रेग्मी, पूर्वसांसद शारदा पौडेल, सांसद विन्दा राना, गण्डकी प्रदेशसभा सदस्य तथा चुनावी कमान्डर विन्दुकुमार थापा र नेता शुक्रराज शर्मालगायतले आ–आफ्नो धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप