शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कालापानीबाट भारतीय सुरक्षाबल फिर्ता हुनुपर्छ : काँग्रेस

मङ्गलबार, १० मङ्सिर २०७६, २१ : ४७
मङ्गलबार, १० मङ्सिर २०७६

नेपाली काँग्रेसले नेपालका अविभाज्य भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो देशको नक्सामा गाँसेर नक्सा सार्वजनिक गरेको सम्बन्धमा तत्काल परिणाममुखी कूटनीतिक र राजनीतिक पहल थाल्न नेपाल सरकारलाई पुनः आग्रह गरेको छ । 

प्रमुख प्रतिपक्षी दल काँग्रेसले आज एक विज्ञप्तिमार्फत कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अविभाज्य भूमि भएको दोहो¥याउँदै त्यहाँबाट भारतीय सुरक्षा बल फिर्ता हुनुपर्ने जनाएको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा सो विषयमा कूटनीतिक र राजनीतिक पहल थाल्न सरकारलाई काँग्रेसको दृढ साथ रहने दोहो¥याइएको छ ।

सो विषयमा नेपाल सरकारले उच्च स्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्ने विषयमा अभूतपूर्व राष्ट्रिय एकतासमेत निर्माण भएको अवस्थामा सरकारले गम्भीर कूटनीतिक पहल गरेको नसुनिएको र उच्चस्तरीय राजनीतिक संवादसमेत गरेको नदेखिएको काँग्रेसले आरोप लगाएको छ । 

“राष्ट्रवादको अडान परिणाममुखी हुनुपर्छ भन्ने काँग्रेसको प्रस्ट मान्यता छ । त्यही मान्यताको जगमा संविधान निर्माणको ऐतिहासिक दायित्व पूरा गर्न काँग्रेसको नेतृत्वमा देशले सफलता हासिल ग¥यो । कालापानी प्रकरणमा परीक्षाको यही दायित्व पूरा गर्ने अभिभारा वर्तमान सरकारको काँधमा आइपुगेको छ ।”, विज्ञप्तिमा उल्लेख छ । 

काँग्रेसले सरकारलाई देशको वास्तविक नक्सा सार्वजनिक गर्न र गम्भीर कूटनीतिक पहलकदमी गर्न अलमल किन भनी प्रश्न गर्दै उच्चस्तरीय राजनैतिक संवादमार्फत परिणाम हासिल गर्ने प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप