महासंघको धर्ना कार्यक्रम स्थगित, आन्दोलनका अन्य कार्यक्रम यथावत्
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङसँग मंगलवार दिउँसो भएको छलफल सकारात्मक भएपछि नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री कार्यालय बालुवाटारमा धर्ना दिने कार्यक्रम स्थगित गरेको जनाएको छ ।
प्रदेश महासंघले मुख्यमन्त्रीको कार्यालय र जिल्ला संघहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम पनि तत्कालका लागि स्थगित गरिएको महासंघले जनाएको छ । प्रधानमन्त्रीको अस्वस्थतालाई समेत मध्यनजर गरी धर्ना कार्यक्रम तत्कालका लागि स्थागित गरिएको महासंघको भनाइ छ ।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलमा मन्त्री नेम्बाङले व्यवसायीका माग सम्बोधन गर्ने गरी ऐन नियम ल्याइने जानकारी दिए ।
व्यवसायी मैत्री ऐन नियम बनाउने काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नभइ सार्वजनिक खरिद अनुगमन कार्यालयको हो भन्दै मन्त्री नेम्बाङले व्यवसायीका लागि अनुकुल ऐन नियम बनाउन सहयोगी भूमिका खेल्ने बताए ।
स्वदेशी निर्माण व्यवसायीलाई पाखा लगाउने सोच सरकारको नरहेको प्रष्ट पार्दै मन्त्री नेम्बाङले मुलुकको भौतिक पूर्वाधारको विकास गर्ने दायित्व स्वदेशी व्यवसायीकै भएको बताए ।
सरकारसँगको वार्ता र संवादसँग सँगसँगै आन्दोलनको अन्य कार्यक्रम भने यथावत् रहेको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।
म्याद थप, बैंक क्रेडिट लाइन, लगायतका मागहरुमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार सोमबार र मंगलवार विहान एक घण्टा प्रधानमन्त्री निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा