बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सन्दीपले खेल्ने ‘द हन्ड्रेड’ को खेल तालिका सार्वजनिक

मङ्गलबार, १० मङ्सिर २०७६, १६ : ४६
मङ्गलबार, १० मङ्सिर २०७६

एजेन्सी ।  नेपालका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको खेल तालिका मंगलबार सार्वजनिक भएको छ । इङ्ल्यान्डड र वेल्समा सन् २०२० को १७ जुलाई देखि १५ अगस्टसम्म आयोजना हुने प्रतियोगितामा सन्दीपले ओभल इन्भेन्सीबल्सबाट खेल्ने छन् । एकसय बलको हुने ‘द हन्ड्रेड’ मा पहिलो खेल सन्दीप आबद्ध टोली ओभलले वेल्स फाएरसँग जुलाई १७ मा खेल्नेछ ।

दोस्रो खेल ओभलले म्यानचेस्टर ओरिजिन्लससँग जुलाई २५, जुलाई २६ मा साउदर्न ब्रेभ, २९ मा लन्डन स्प्रिट, अगस्ट २ मा ट्रेन्ट रकेट्स, अगस्ट ६ मा लन्डन स्प्रिट र अन्तिम खेल अगस्ट ११ मा बर्मिङ्घम फोनेक्ससँग खेल्नेछ । यसअघि इन्भेन्सीबल्सले सन्दीपलाई एकलाख पाउण्ड (करिब एक करोड ४७ लाख) नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो ।

विश्वका ठूला फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै सर्वाधिक रकम पाएका हुन् । ‘द हन्ड्रेड’ मा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । हरेक टोलीमा तीनजना विदेशी खेलाडी राख्न पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप