जिन्दाबादको ‘हतकेला’ टुबोर्ग ओपन सेसन्स् २ मा
![जिन्दाबादको ‘हतकेला’ टुबोर्ग ओपन सेसन्स् २ मा](https://rpcdn.ratopati.com/media/albums/3x5-15cc-masthead-final-with-artist_Fgc3KM1Amd.jpg)
काठमाडौं– ६ वर्षको लामो अन्तरालपछि ‘जिन्दाबाद’ ब्याण्डले आफ्नो नयाँ गीत ‘हतकेला’ टुबोर्ग ओपन सेसन्स् २ मा प्रस्तुत गरेको छ ।
च्यानल आरबिट्ररीद्वारा २०१८ मा शुरु गरिएको टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो र पछिल्लो सिजनको व्यापक सफलतापछि केहि प्रख्यात कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा टुबोर्ग ओपन सेसन्स्को सिजन २ शुरु भएको छ ।
रिवाईन्ड, सेडस् अफ यु, स्पोईलिन जस्ता लोकप्रिय गीतहरुका लागी चिनिने जिन्दाबाद, नेपालमा रहेका थोरै उत्कृष्ट प्रोगे्रसिभ–अल्टरनेटिभ रक ब्याण्डहरु मध्ये एक हो । अरु भन्दा फरक र अद्वितीय प्रस्तुती मार्फत जिन्दाबादले नेपाली रक संगीत क्षेत्रमा उल्लेखनीय छाप छोडेको छ ।
२००९ मा ‘ग्लोबल ब्याटल अफ दि ब्याण्डस्’ मा सहभागी हुन स्थापना भएको जिन्दाबाद आफ्नो अद्वितीय सांगीतिक शैलीका साथ फेरी एक पटक नेपाली सांगीतिक क्षेत्रमा फर्किएको छ । आफ्ना गीतका शब्द र कम्पोजिसन ब्याण्डका सदस्यहरु आफै गर्ने गर्दछन् ।
बाल्यकाल देखि नै संगीतमा रुचि राख्ने ब्याण्डका सबै ५ सदस्यहरुले आफै संगीत सिक्दै आएका छन् । निकै धेरै मेहेनत र समर्पणका कारण आफ्नो अद्वितीय सांगीतिक शैली संगीतप्रेमीहरुमाझ पु¥याउन जिन्दाबाद सफल रहेको छ ।
ब्याण्डका भोकलिस्ट तथा गीतारिस्ट, रोहित शाक्य, बिगत १० बर्ष देखि संगीतमा सक्रिय छन् । जिन्दाबाद र आफ्नो सोलो प्रोजेक्टहरु बाहेक रोहित अरु कलाकारहरुसँग सहकार्य गर्ने तथा निर्माताको रुपमा पनि काम गर्दै आईरहेका छन् । बेसिस्ट राजन श्रेष्ठ संगीतकारका साथै भिज्युल आर्टिस्ट पनि हुन् र उक्त क्षेत्रमा एक दशक भन्दा बढी देखि सक्रिय छन् । निकै प्रतिभाशाली तथा भर्सटाईल ड्रमर, किरण शाही करिब ६ बर्ष देखि ड्रम बजाईरहेका छन् ।
ब्याण्डका शान्त किर्बोिर्डस्ट अभिषेक भाद्रा, करिब ५ बर्ष देखि ब्याण्डमा सक्रिय छन् र जिन्दाबाद बाहेक भाद्रा ज्याज ब्याण्डमा पनि बजाउँछन् । लिड गीतारिस्ट सन्नी तुलाधर, नेपालको प्रतिष्ठित गीतारिस्ट हुन् । करिब १० बर्ष देखि संगीतमा आबद्ध छन् र आफ्नै ब्राण्डको गीतारहरु बनाउने पनि गर्छन् । जिन्दाबाद, अरुका लागी राजनिति सम्बन्धित कुरा लागे पनि ब्याण्डको लागी जिन्दाबादले शक्ति बुझाउँछ ।
टुबोर्ग ओपन सेसन्स् २ एक युट्युब सिरिज हो जसमा, विभिन्न प्रसिद्घ कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुतिहरु पेश गरिन्छ ।। टुबोर्ग ओपन सेसन्स् सिजन १ मा ५१ वटा गीतहरु च्यानल आरबिट्ररी मार्पmत युट्युबमा अपलोड गरिएको थियो जसले १ करोड भन्दा बढी भ्युज संकलन गरेको छ ।
टुबोर्गको संगीतसँग लामो र गर्व हुने सम्पदा रहेको छ जसले, नयाँ शैली र कलाकारहरुलाई नयाँ बजारमा चिनाउन मदत गरेको छ । पुराना साथै नयाँ कलाकारहरुलाई आफ्नो संगीत विश्वव्यापी रुपमै धेरै दर्शकहरुमाझ पु¥याउने मञ्चको निर्माण गर्न टुबोर्ग सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकविरुद्ध भ्रम नफैलाउन चार संस्थाकाे आग्रह
-
पूर्वप्रेमीले व्यक्तिगत सम्बन्धका भिडियो आफन्तको म्यासेन्जरमा पठाएपछि...
-
पूर्वाधार समितिमा मन्त्री खड्कालाई सत्ता र प्रतिपक्ष सांसदहरूको प्रश्नै–प्रश्न
-
भूमि आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त, को–कहाँ ? (सूचीसहित)
-
मेक्सिकन क्लब मोन्टेरीमा आबद्ध भए रियल म्याड्रिडका पूर्वखेलाडी सर्जियो रामोस
-
रेबिज लागे मृत्यु पक्का !, जोगिन के गर्ने ?