पूर्ण रुपमा लागू भयो आरटिजिएस, २ लाख भन्दा माथिको भुक्तानीमा चेक काट्नु नपर्ने
रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) पूर्ण रुपमा सञ्चालनमा आएको छ । यही मंसिर ६ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको यस प्रणालीमार्फत २ लाख वा सो भन्दा बढी रकमको कारोबार गर्न मिल्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौँलाले जनाएका छन् ।
हाल समपूर्ण बाणिज्य बैंकहरु यस प्रणालीमा आवद्ध छन् । निकट भविष्यमै अन्य बैंक तथा वित्तिय संस्थालाई यस प्राणलीमा आबद्ध गराउँदै लैजाने राष्ट्र बैंकले जनाएको छ ।
एउटा बैङ्कमा खाता भएको व्यक्तिले अर्को बैङ्कमा खाता भएको व्यक्तिलाई ठूलो परिणाममा भुक्तानी दिन यो प्रणाली लागु गरिएको हो । यसअघि चेकबाट मात्रै भुक्तानी हुन्थ्यो । जसको क्लियरिङ भुक्तानीको भोलिपल्ट मात्रै हुन्थ्यो । अब तत्काल क्लियरिङ हुन्छ ।
आरटीजीएस प्रणाली लागु भएपछि चेक चाहिँदैन । भुक्तानी गर्ने खातावालाले अर्को बैङ्कको खाता नम्बरमा यति रकम भुक्तानी गरिदिनु भन्ने आदेश दिनेबित्तिकै भुक्तानी हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकराल बन्दै डढेलो
-
काठमाडौँमा 'सफल ह्याप्पी काउ मिल्क' उपलब्ध
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र