एपेन्डिसाइटिसको अप्रेसनपछि यी कुरामा विशेष ध्यान दिनुपर्छ
काठमाडौँ । एपेन्डिसाइटिस रोगको समयमा अप्रेशन भएन भने बिरामीको मृत्युसम्म हुन सक्ने खतरा हुन्छ । साथै मुटु, मिर्गौलालगायतका रोगको समस्या भएका बिरामीको हकमा यो समस्या थप जटिल हुने चिकित्सकहरु बताउँछन् ।
एपेन्डिसाइटिसको उपचार सक्दो छिटो गर्नुपर्ने सर्जन डा. अनिरा वैद्यको बताउँछिन् । उनका अनुसार मिर्गाैला सम्बन्धी समस्या भएको व्यक्तिमा एपेन्डिसाइटिस हुँदा पूर्ण रुपमा बेहोस बनाउँने भन्दा पनि अपरेशन गर्ने भागलाई मात्रै लाटो बनाएर अपरेशन गर्दा सुरक्षित मानिन्छ ।
मिर्गाैला सम्बन्धी समस्या भएका र अपरेशनले थप समस्या निम्त्याउन सक्ने सम्भावना भएका बिरामीको हकमा भने औषधिको माध्ययमबाट एपेन्डिसाइटिसको उपचार गर्न सकिने डा. वैद्य बताउँछिन् । वीर अस्पतालमा आउँने मिर्गाैलासँगै एपेन्डिसाइटिस भएको बिरामीको हकमा पनि यही प्रविधिबाट उपचार भईरहेको छ ।
सामान्य खालको एपेन्डिसाइटिस हो भने अपरेशन गरेको ६ घण्टामा कालो चिया र बिस्तारै दाल र जाउलो खान मिल्छ । अहिले यही समस्याको अप्रेशन गराएका प्रधानमन्त्री केपी शर्मा ओली–जसको मिर्गाैलामा समेत समस्या भएका कारण सामान्य व्यक्तिले भन्दा बढीनै ध्यान दिनुपर्ने उनको भनाई छ । सामान्य भन्दा सामान्य संक्रमणले भेट्ने हुँदा भेटघाटलाई कम गर्नुपर्ने उनको भनाइ छ ।
‘मिर्गाैला सम्बन्धी समस्या भएको व्यक्तिले एपेन्डिसाइटिसको अपरेशन गर्दा धेरै मात्रामा एन्टिबायोटिक प्रयोग नगर्दानै राम्रो हुन्छ, अन्य संक्रमणबाट बच्नको लागि भेटघाटलाई कम अथवा बन्दनै गर्दा राम्रो हुन्छ,’ उनले भनिन् । स्पाइनलमा एपेन्डिसाइटिस भएको हो भने मिर्गाैला बिरामीको हकमा पनि खासै समस्या नहुने डा. वैद्य बताउँछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै