शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मजदुरको नाममा १३ वटा कम्पनी दर्ता गरेर १ अर्ब २९ करोड राजस्व छली गर्ने २ जना पक्राउ

मङ्गलबार, १० मङ्सिर २०७६, १३ : २६
मङ्गलबार, १० मङ्सिर २०७६

काठमाडौँ । न्यून आर्थिक अवस्था भएको मजदुरको नाममा फर्म दर्ता गरी राजस्व छली गर्ने २ जना पक्राउ परेका छन् । 

बारा स्थायी ठेगाना भएका बिनोद कुमार अग्रवाल र झापा स्थायी ठेगाना भएका विकास अग्रवालले निम्न आर्थिक अवस्था भएका मजदुरहरुको नाममा फर्म दर्ता गरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजकको प्रयोग गरी गरेर एक अर्ब २९ करोड ३६ लाख एक हजार पाँच सय बैसठ्ठी राजस्व चुहावट गरेको पाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ । उनीहरु विरुद्ध यहि मंसिर ८ गते काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । 

प्रतिवादीले विभिन्न व्यक्तिका नाममा आर्यन ट्रेडिंग कन्सर्न, अनामिका ट्रेडर्स, अमिशा ट्रेडिंग कन्सर्न, प्रसुमा सप्लायर्स प्रा.लि., स्मारिका जनरल सप्लायर्स, नाईस ट्रेडिङ्ग, जेनिशा ट्रेड एण्ड सप्लायर्स, सुशीम ट्रेड इन्टरप्राईजेज प्रा.लि., सीमस ट्रेड इन्टरनेशनल, निशिला ट्रेडिंग, अविन ट्रेडिङ, किशा ट्रेड ईन्टरप्राईजेज, श्रीअन्तु जनरल सप्लायर्स समेत गरी  १३ वटा विभिन्न फर्म र कम्पनीहरु दर्ता गरी वास्तविक रुपमा मालबस्तु खरिद बिक्री नै नगरी विभिन्न फर्महरुलाई झुट्टा तथा नक्कली मू.अ. कर बिजक मात्र बिक्री गरी राजस्व छलि गरेको देखिएको हो । 

उनीहरुलाई बिगोको दोब्बरसम्म जरिवाना र तीनवर्षसम्म कैद सजाय र मतियारलाई ऐन बमोजिम मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय हुनुपर्ने मागदावी सहित अदालतमा मुद्दा दायर भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप