बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

८ दिनसम्म बाथटबमा नै फसिन् वृद्धा त्यसपछि...

मङ्गलबार, १० मङ्सिर २०७६, ०९ : ५६
मङ्गलबार, १० मङ्सिर २०७६

ब्रिटेनमा एक वृद्ध महिला आठ दिनसम्म बाथटबमा फसेको घटना सार्वजनिक भएको छ । पुलिसका अनुसार उनको घरमा खाना पुर्‍याइदिने युवक (डेलिभरी ब्वई) को आधारमा घरको खोजी गर्दा ती वृद्धाको उद्दार गरिएको हो ।

ती वृद्धा घरमा एक्लै बस्ने गरेको बताइन्छ । पुलिसले उनको नाम सार्वजनिक गरेको छैन ।

विल्टशायर फर्म फूडका लागि काम गर्ने डेलिभरी ब्वइले भने, ‘वृद्ध महिला उनको नियमित ग्राहक हुन् तर उनले पछिल्ला केही दिनदेखि केही पनि अर्डर गरेकी थिइनन् । त्यसैले मलाई शंका लाग्यो । मलाई लाग्यो कि महिलामाथि केही गलत भएको छ ।’

पुलिसले दिएको जानकारी अनुसार घटना गत हप्ताको हो ।

बाथटबबाट उठ्न असमर्थ थिइन्ः

पुलिसका अनुसार वृद्धा गहिरो बाथटबबाट बाहिर निस्कन सकिरहेकी थिइनन् । उनको स्थिती स्थिर थियो तर उनी अत्यधिक भोको थिइन् । आठ दिनसम्म उनले पानी मात्र पिएर आफूलाई बचाइन् । पुलिसले उनलाई तत्काल अस्पताल भर्ना गरे जहाँ उनको स्थिती स्थिर बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप