शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चर्च स्कूलमा बहिरा बालबालिकामाथि बलात्कार गरेका दुई पादरीलाई ४० वर्षको जेल सजाय

मङ्गलबार, १० मङ्सिर २०७६, ०८ : ३४
मङ्गलबार, १० मङ्सिर २०७६

अर्जेन्टिनाको अदालतले रोमन क्याथोलिकका दुई पादरीलाई चर्च स्कूलका बहिरा बालबालिकामाथि उत्पीडन गरेको आरोपमा ४० वर्ष बढीको जेल सजाय सुनाएको छ ।

होरासियो कोर्बाचो र निकोला कोर्राडीका साथै एक माली मेन्डोजास्थित एक विद्यालयका बालबालिकामाथि सन् २००४ देखि २०१६ सम्म बलात्कार र उत्पीडनको दोषी पाइएका छन् ।

सोमबार उनीहरुलाई सजाय सुनाइँदा थुप्रै पीडित अदालतमा उपस्थित थिए ।

Photo: EPA

पोप फ्रान्सिसको मातृभूमीमा यस्तो घटना हुँदा धेरै अचम्ममा परेका थिए । कतिले चर्चले निकै ढिला गरी कारवाही प्रक्रिया अघि बढाएको पनि आरोप लगाए ।

सोमबार अदालतले पादरी कोर्बाचोलाई ४५ वर्षको जेल सजाय तोकेको छ । ५९ वर्षे उनले लुजान दे कुयो शहरमा रहेको इन्स्टिच्युटो ओन्टोनियो प्रोभोलो डे मेन्डोजाका बालबालिकामाथि यौन उत्पीडन गरेको पुष्टि भएको छ ।

यस्तै, कोर्राडी, ८३ वर्षका इटालियन नागरिकलाई ४२ वर्षको जेल सजाय तोकिएको छ ।

अर्मान्दो गोमेज, लुजन डे कुयो स्कूलका मालीलाई १८ वर्षको जेल सजाय तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप