यसरी बन्दैछ रानीपोखरी, कामदारले हातैले बनाउँछन् माटोको सतह
केही दिनयता रानीपोखरीमा कालो माटो र माअप्पा अर्थात् ठूलो आकारको इँटा ओछ्याउने काम धमाधम भइरहेको छ । पोखरीको सबैभन्दा भित्री घेराको पाँच फिट चार इन्च पर्खाल यसअघि नै भक्तपुरका कामदारले पानी नचुहिने बनाइसकेका छन् ।
अहिले भने पोखरीको सतहमा कालो माटो र माअप्पा बिछ्याउने काम भइरहेको छ । ‘‘पहिले प्राकृतिक रूपमा नै पोखरीमा पानी जम्मा हुन्थ्यो । अहिले प्राकृतिक रूपमा पानी रिचार्ज नहुने भएकाले बाहिरबाट हालिएको पानी अड्याउन कालो माटोको सतह बनाउनुपरहेको हो,’’ सचिव तुलाधरले भने ।
भक्तपुरको जनशक्तिले परम्परागत तरिकाबाट हातले माटो बिछ्याएर काम गरिरहेका थिए । हातले माटो ओछ्याउँदै काम गर्दा रानीपोखरीको निर्माण अवधि र लागत बढ्ने भन्दै उनीहरूलाई बिदाइ गरियो । त्यसपछि अहिले डोजरले माटो बोकेर राख्ने प्रविधि अपनाइएको छ । डोजरले मुछेर सतहमा राखेको माटो सम्याउने र मिलाउने काम भने कामदारले हातले नै गर्दै आइरहेको छ ।
पोखरीको सतहमा १५ देखि १८ इन्च बाक्लो कालो माटो विछ्याइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान महर्जनले बताए । कालो माटोमाथि इँटाको सतह बनाइएको छ । पोखरीमा पानी अड्याउनका लागि यो विधि अपनाइएको इन्जिनियर महर्जनले जानकारी दिए । दुई लाख २० हजार वर्ग फिटको रानीपोखरीमा पानी अड्याउने जिम्मा उपभोक्ता समितिलाई दिइएको छ ।
सचिव तुलाधरका अनुसार खोकना, भक्तपुरलगायत ठाउँबाट कालो माटो ल्याएर विछ्याइरहेको हो । विछ्याउनका लागि छ लाख इँटा चाहिने अनुमान छ । उनका अनुसार माघसम्म पोखरी तयार हुनेछ । उपभोक्ता समितिलाई नौ करोड ५० लाख रुपियाँमा पोखरी बनाउने जिम्मा दिइएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा शान्ति लामाले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
-
लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
सिंहदरबारमा प्रचण्ड–ओली छलफल
-
नाउपाका पाँच सांसदले प्रदेश प्रमुखलाई भने– सोडारीलाई हाम्रो समर्थन छैन (पत्रसहित)
-
सुदूरपश्चिममा समाजवादीका दीर्घबहादुर सोडारी मुख्यमन्त्रीमा नियुक्त
-
कांग्रेस र राप्रपाले प्रदेशसभा बैठक बहिष्कार गर्ने