शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वैकल्पिक राजनीतिक शक्तिका रुपमा समाजवादी पार्टी : बाबुराम भट्टराई

सोमबार, ०९ मङ्सिर २०७६, २३ : १५
सोमबार, ०९ मङ्सिर २०७६

कास्की । समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशको वैकल्पिक राजनीतिक शक्तिका रुपमा समाजवादी पार्टी आएको बताएका छन् । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आज पोखरा महानगरपालिकाको वडा नं १५ र १७ मा घरदैलो गर्दै उनले देशमा पुराना पार्टीले पटकपटक जितेर पनि उही पुरातन सोचबाट बाहिर ननिस्किएका कारण समाजवादी पार्टी नयाँ सोचका साथ राजनीतिमा आएको बताए ।
    
जनताका आशा एवं अपेक्षालाई समाजवादी पार्टीले पूरा गर्ने बताउँदै उनले कास्की क्षेत्र नं २ मा पार्टीका उम्मेदवार धर्मराज गुरुङलाई जिताएर देशका निम्ति नयाँ सन्देश दिन आग्रह गरे ।
    
चुनाव प्रचारप्रसारकै क्रममा पोखरा महानगरपालिका वडा नं १६ अर्मला पुगेका समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले देशविदेशमा प्राप्त अनुभवलाई राजनीतिमार्फत संसद्मा पुगी आफ्नै देशमा उपयोग गर्ने बताए ।
जनताले मौका दिए काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्दै उनले जालझेल र झुठको राजनीति कहिल्यै नगर्ने विश्वास व्यक्त गरे। व्यक्तिलाई गाली गर्नुभन्दा राजनीतिलाई सफा गराउने काम जनताले नै गर्नुपर्ने उनको भनाइ छ ।
    
पार्टीले घरदैलो कार्यक्रमलाई अन्तिम चरणमा पु¥याएको सो पार्टीका प्रदेश संयोजक गणेशमान गुरुङले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप