उपचार गर्न राज्य छ भन्ने अनुभूति दिन्छु : स्वास्थ्यमन्त्री ढकाल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ‘उपचारका अभावमा नागरिकले मृत्युवरण गर्न नपरोस्’ भन्ने पक्षलाई ध्यान दिइ ‘राज्य छ, मेरो उपचार हुन्छ’ भन्ने अनुभूति दिलाइने बताएका छन् ।
उनले भने, “पैसा नभएका कारण उपचार हुनबाट नागरिक वञ्चित हुनु पर्दैन । राज्यले नागरिकको उपचारको जिम्मा लिन्छ । ‘उपचार गर्न राज्य छ’ भन्ने अनुभूति नागरिकलाई दिन्छु, मेरो पहिलो ध्यान यसैमा रहन्छ ।”
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यभार सम्हालेपछिको पहिलो औपचारिक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री ढकालले स्वस्थ्य नागरिक भएमात्र समृद्ध नेपाल बन्छ भने ।
बालस्वास्थ्य तथा खोप सेवा शाखाद्वारा सोमबार काठमाडौंमा आयोजित दादुरा रुवेला खोप अभियान सञ्चालन तथा नियमित खोप सुदृढीकरण पूर्वतयारी बैठकमा उनले स्वास्थ्य क्षेत्रमा विधि र थिति बसाली सम्मानित र व्यवस्थित बनाउने प्रतिबद्धता जनाए ।
मन्त्री ढकालले भने, “समग्र मन्त्रालयका बारेमा ब्रिफिङ लिँदैछु । यो सकिएपछि केही नयाँ कामको शुरुआत गर्छु । नीति तथा कार्यक्रम र बजेटमा भएका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा लान मेरो जोड रहन्छ ।”
यसअघि ढकालले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाएका थिए । मन्त्रालयका सचिव खगराज बरालले स्वास्थ्य सेवाका कर्मचारी समायोजनका समस्याका कारण खोप अभियानमा समस्या आउन नदिइने बताए ।
स्वास्थ्य सेवाका कर्मचारी समयोजनका कारण पछिल्लो समय खोप अभियान प्रभावित बन्न पुगेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक रोशन पोखरेलले खोपको भण्डारण र व्यवस्थापन प्रादेशिक तहबाट गर्न आवश्यक सबै अधिकार प्रत्यायोजन भएको जानकारी दिँदै आर्थिक निर्देशिकासमेत तयार भएको जानकारी दिए।
परिवार कल्याण महाशाखाका निमित्ति निर्देशक केदार पराजुलीले विगत ४० वर्षमा नेपालले खोपका क्षेत्रमा उल्लेखनीय सुधार हासिल गरेको चर्चा गर्दै अगामी दिनमा खोप कार्यक्रमलाई थप व्यवस्थित बनाइनेछ भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको नेतृत्वमा पुगेर केही गर्ने चाहना छ : विप्लव
-
सभापति कपमा संकटाको सहज जित
-
यस्तो छ फिल्म ‘जुना’को गीत ‘आमाको मुहार’
-
१६ गायक–गायिकाले गाए स्वर्गीय तारादेवीका गीत
-
कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने
-
प्राचीन सम्पदाहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी आर्थिक समृद्धिमा जोड्नुपर्छ : मुख्यमन्त्री लामा