शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ स्मार्टफोन रियलमी सी २ र रियलमी ५ नेपालमा, यस्ता छन् फिचर्स

सोमबार, ०९ मङ्सिर २०७६, १९ : ३९
सोमबार, ०९ मङ्सिर २०७६

काठमाडौं– एक उदीयमान चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीले आज नेपालमा आफ्नो दुईवटा नयाँ स्मार्टफोन रियलमी सी २ र रियलमी ५ सार्वजनिक गरेको छ । 

नेपालका लागि रियलमीको अधिकृत वितरक पशुपति ट्रेडलिङ्क प्रा.लि.(मुराकर समूह अन्तर्गतको उद्योग) रहेको छ । 

रियलमी सी २, रियलमी सी १ को परिस्कृत रुप हो जसमा ६.१ डट नोच प्लस डिस्प्ले र कर्निङग गोरिला ग्लास ३ प्लस स्क्रिन रहेको छ । शक्तिशाली मिडिया टेक हेलियो पी२२ अक्टा–कोर प्रोसेसरको विशेषता भएको रियलमी सी २ मा ओएस एन्ड्रोइड ९.० पाई र ओएस कलर्स् ६.० छ ।

रियलमी सी २ मा डुअल क्यामेरा सेटअप रहेको छ जसमा १३ मेगापिक्सल मुख्य क्यामेरा, (f/2.2) अपर्चर र २ मेगापिक्सल (f/2.4) डेप्थ सेन्सर रहेको छ । यसको फ्रन्टमा (f/2.2) अपर्चरको साथमा ५ मेगापिक्सल क्यामेरा छ । यसमा लामो समयसम्म टिक्ने ४००० एमएएच ब्याट्री रहेको छ ।

यो स्मार्टफोनमा फेस अनलकको विशेषता पनि छ र २ जीबी प्लस ३२ जीबी भेरियन्टमा रु १३,९९० मा ब्ल्याक र ब्लु कलरमा उपलब्ध हुनेछ ।

रियलमी ५ एक इन्ट्री लेबलको क्वाड क्यामेरा स्मार्टफोन हो जसमा ७२० रिजोलुशन भएको ६.५ इन्च एचडी प्लस डिस्प्लेको साथमा गोरिला ग्लास ३ प्लस प्रोटेक्सन छ । एन्ड्रोइड ९ पाईको साथमा कलर ओएस भएको यो फोनमा शक्तिशाली स्न्यापड्रेगन ६६५ र अक्टा कोर प्रोसेसर छ ।

रियलमी ५ मा लामो समयसम्म टिक्ने ५००० एमएएच ब्याट्री रहेको छ । यस बीच ४ क्यामेरा सेटअपमा १२ एमपीको मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा वाइड क्यामेरा, २ एमपी म्याक्रो, २ एमपी डेप्थ सेन्सर र १३ एमपी सेल्फी क्यामेरा रहेको छ । 

रियलमी ५, ३ जीबी प्लस ६४ जीबी र ४ जीबी प्लस १२८ जीबी भेरियन्ट ब्लयाक र ब्लु कलरमा क्रमश रु २०,९९० र रु २३, ९९० मा उपलब्ध हुनेछ ।

यो नयाँ स्मार्टफोन मंसिर ३ गतेदेखि देशभरिको आधिकारिक रियलमी स्टोरहरुमा बिक्रीका लागि उपलब्ध हुनेछ । रियलमीले दिन प्रतिदिन लोकप्रियता कमाइरहेको छ र विश्व बजारमा पनि आफ्नो उपस्थीतिलाई फैलाइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप