शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सन्दीप लामिछानेले साग नखेल्ने

सोमबार, ०९ मङ्सिर २०७६, १९ : २७
सोमबार, ०९ मङ्सिर २०७६

काठमाडौ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले १३ औं दक्षिण एसियाली खेलकुद (साग) नखेल्ने भएका छन् । सन्दीपले स्वास्थ्यका कारण साग नखेल्न लागेका हुन् । सोमबार दुबै आँखाको सामान्य शल्यक्रिया गरेका सन्दीपलाई डाक्टरले १५ दिन आराम गर्न सुझाएको सन्दीपमा म्यानेजर रमन शिवाकोटीले जानकारी दिए ।

सन्दीपको  तिलगंगा अन्तर्राष्ट्रिय अस्पतालमा दुवै आँखाको शल्यक्रिया गरिएको छ । सन्दीप तीनसाता पछि खेलमा फर्कने पनि बताइएको छ । साग क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार सार्वजनिक गरेको खेल तालिकाअनुसार पुरुषतर्फ पाँच देश सहभागी क्रिकेटमा नेपालले पहिलो खेल मंसिर १७ गते श्रीलंकासँग खेल्ने भएको हो ।

नेपालले दोस्रो खेल मंसिर १९ गते भुटान, २० गते माल्दिभ्स र २१ गते बंगलादेशसँग खेल्नेछ । राउन्ड रोविन लिगका आधारमा खेलाइने खेलमा शीर्ष दुई टोलीबीच फाइनल भीडन्त हुनेछ । पुरुष क्रिकेट टीयू मैदान कीर्तिपुरमा हुनेछ । साग क्रिकेटमा बलिया टोली भारत र पाकिस्तानले भाग लिएका छैनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप