बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा मोटर्सको वर्कशप सबैभन्दा अग्लो स्थानमा

सोमबार, ०९ मङ्सिर २०७६, १८ : ४९
सोमबार, ०९ मङ्सिर २०७६

जोमसोम– टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले मुस्ताङको जोमसोममा टाटा मोटर्सका गाडीहरूको सेवा प्रदान गर्न वर्कशप खोलेको छ । 

समुद्र सतहभन्दा २,७४३ मिटर उचाइँमा अवस्थित उक्त वर्कशपको उद्घाटन सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोर्टसका कस्टमर केयर इन्टरनेशनल बिजनेस, कमर्सियल भेइकलका प्रमुख गणेश शेट्टीले गरे । 

समारोहमा मुस्ताङको घोरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली, उपाध्यक्ष शर्मिला गुरुङ, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा टाटा मोटर्स तथा सिप्रदीका प्रतिनिधिहरूका साथै सो क्षेत्रका स्थानीय बासिन्दा र टाटा मोटर्सका ग्राहकहरूको पनि सहभागिता थियो । 

जोमसोम क्षेत्रमा टाटा मोटर्सका सबै रेन्जका गाडीहरूलाई सेवा प्रदान गर्ने यो नै पहिलो र एकमात्र वर्कशप हो ।

समारोहमा बोल्दै टाटा मोर्टसका कमर्सियल विजनेस कस्टमर केयर इन्टरनेशनल प्रमुख गणेश शेट्टीले ग्राहकले टाटाका कुनै उत्पादन खरिद गरेपछि त्यसको सेवा दिने दायित्व कम्पनीको भएको बताए । उनले टाटा मोटर्सका गाडीहरू किन्ने ग्राहकहरूलाई वर्कशपहरूले पूर्ण प्रत्याभूति र विश्वास दिने बताए ।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘बिक्रीपश्चातको सेवा दिने कुरामा सिप्रदी सदैव प्रतिबद्ध छ । सिप्रदीको स्थापनादेखि नै सिप्रदीले सेवालाई उच्च प्राथमिकतामा राख्दै देशका कुनाकाप्चामा भएका ग्राहकहरूसम्म पुग्ने लक्ष्य लिएको छ र जोमसोममा अवस्थित यो वर्कशपले हामीले चाहिरहेको लक्ष्य प्राप्तिका लागि अर्को सफलता दिलाएको छ ।’

टाटा मोटर्स र सिप्रदी प्रति आभार व्यक्त गर्दै घोरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले सिप्रदी र टाटा मोटर्सले जोमसोममा वर्कशप खोल्नु भनेको यो स्थानको महत्व बुझ्नु भएको बताए । उनले सिप्रदी र टाटा मोटर्सलाई स्वागत गर्दै वर्कशप घोरपझोङ गाउँपालिका र कम्पनी दुवैका लागि फाइदाजनक हुने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप