नामिबियामा राष्ट्रपतिका लागि पहिलो महिला उम्मेदवार
एजेन्सी । नामिबियामा राष्ट्रपतिका लागि पहिलो पटक महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएकी छिन् । राष्ट्रपति चयनका लागि आगामी बुधबार मतदान हुन लागेको छ । निर्वाचनका लागि कूल ११ जना उम्मेदवार रहेका छन् ।
तीमध्ये चार जनालाई मुख्य प्रतिश्पर्धी मानिएको छ । मुख्य प्रतिश्पर्धीमध्ये एक जना महिला पनि रहेकी छिन् । प्राज्ञिक तथा सामाजिक क्षेत्रमा लामो समय काम गरेकी ५७ वर्षीया इस्थेर मुइनजाङगे देशको राष्ट्रपतिका लागि पहिलो महिला उम्मेदवार भएकी हुन् ।
नामिबियामा यसअघिसम्म कोही पनि महिला राष्ट्रपतिका लागि उम्मेदवार समेत हुन नपाएको अधिकारीहरुले जनाएका छन् । उनी स्थानीय हेरेरो जातीय समूहकी महिला हुन् । उनीसँगै उनको समुदायले जातिय स्वतन्त्रता र उत्थानका लागि ठूलो संघर्ष गरेका थिए ।
उनी ‘नेसनल युनिटी डेमोक्र्याटीक अर्गनाइजेसन (एनयुडीओ) ’पार्टीको तर्फबाट गत मार्चमै उम्मेदवारका लागि छनौट भएका हुन् । सो पार्टी पनि महिलाले नेतृत्व गरेको नामिबियाको पहिलो पार्टी भएको स्थानीय सञ्चारमाध्यमहरुले लेखेका छन् । –एएफपी/Photo: AFP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तापक्ष नरम, विपक्षी गरम
-
पुस २९ गतेपछि नियुक्ति हुने शिक्षक मात्रै योगदानमा आधारित पेन्सन योजनामा समावेश हुने
-
८० जना सांसद देखाएर देउवा फकाउने प्रचण्ड प्रयास
-
लुम्बिनी प्रदेश सभामा प्रशिक्षण प्रतिष्ठान स्थापना सम्बन्धी विधेयक पेस
-
ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
-
सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढ : गृहमन्त्री लेखक