उपनिर्वाचन २०७६: बागलुङका मतदानस्थलमा कर्मचारी जान थाले

बागलुङ । उपनिर्वाचनको तयारीका लागि बुधबार साँझसम्म निर्वाचन सामग्रीसहित कर्मचारी मतदानस्थलमा पुग्ने भएका छन् । बागलुङ–२ (ख) को प्रदेशसभा सदस्य र बडिगाड गाउँपालिका–२ को वडाध्यक्ष पदमा हुने निर्वाचनका लागि मतदान केन्द्रमा खटिने कर्मचारीलाई सोमबारदेखि नियुक्ति दिन शुरु गरिएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताए ।
यसअघि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मतदान कार्य सञ्चालनसम्बन्धी प्रशिक्षण दिइएको थियो । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी, कार्यालय सहयागी एक र चार स्वंयसेवक गरी नौजना खटिनेछन् ।
कर्मचारीको खटनपटनसँगै मतदाता शिक्षा, सुरक्षा प्रबन्ध लगायतका कामलाई चुस्त बनाइएको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले बताए । ‘प्रत्येक मतदान केन्द्रमा एकजना मतदाता शिक्षा कार्यकर्ता खटाएर मतदान गर्ने तरिका सिकाइरहेका छौँ’, उनले भने, ‘सञ्चारमाध्यमबाट पनि मतदाता शिक्षासम्बन्धी सामग्री प्रकाशन÷प्रसारण भइरहेको छ ।’
प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि ४३ र वडाध्यक्षको उपनिर्वाचनका लागि दुईवटा मतदान केन्द्र तोकिएको छ । स्वयंसेवकसमेत गरी कूल ४०५ जना कर्मचारी उपनिर्वाचनमा परिचालित छन् ।
उपनिर्वाचनलाई लक्ष्य गरेर सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । नेपाली सेना, सशस्त्र र जनपद प्रहरी उपनिर्वाचनको सुरक्षामा खटिने उनको भनाइ छ । राज्य विरोधी गतिविधि गर्ने समूहबाट आउन सक्ने सुरक्षा चुनौतीलाई दृष्टिगत गरेर छिमेकी जिल्लामा समेत सुरक्षा निगरानी बढाइएको छ । मतदाताको सुरक्षाका लागि मोबाइल गस्तीसमेत हुने जनाइएको छ । मतदानको दिन नजिकिएसँगै दलको प्रचार अभियान पनि तीव्र बनेको छ ।
घरदैलो र चुनावीसभामा केन्द्रित दल मत माग्न व्यस्त छन् । प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि जिल्लाबाट दश उम्मेदवार चुनावी मैदानमा छन् । सत्तारूढ नेकपा र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली काँग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट नीमबहादुर भण्डारी उम्मेदवार रहेका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारी चुनावी मैदानमा रहेका छन् ।
स्वतन्त्र उम्मेदवार घर्तीले समयाभावका कारण उम्मेदवारी फिर्ता लिन नपाए पनि वाम गठन्धनका उम्मेदवार शाहीलाई सघाउने सार्वजनिक घोषणा गरेका छन् । प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गत वर्ष उपचारका क्रममा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।
यस्तै बडिगाड गाउँपालिका–२ बाट निर्वाचित वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि रिक्त अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्ष पदमा सत्तारूढ नेकपाबाट ढालप्रसाद शेरचन, नेपाली काँग्रेसबाट डिलबहादुर राना र समाजवादी पार्टीबाट हरिलाल राना चुनावी मैदानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको विधि विज्ञानतर्फ योग बहादुर पाल एसएसपी बढुवा सिफारिस
-
पोखरा विमानस्थलमा भ्रष्टाचार : २ अर्ब २२ करोड तत्काल असुलउपर गर्न सिफारिस
-
शिक्षक आन्दोलन : सर्वोच्चको आदेश कार्यान्वयन गरी समस्या समाधानका लागि पहल गर्न बारको अपिल
-
काठमाडौँक बढ्दो शहरीकरण कसरी व्यवस्थापन गर्ने ? - राज महर्जन, शहरी योजनाकार
-
जनताले भ्रष्टाचार रोक, भ्रष्टाचार हुन नदेऊ भनेका छन् : डा.शेखर कोइराला
-
तीनकुने घटनामा संलग्न थप १२ जना हिरासतमुक्त