शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ताकुकोट न्वागी महोत्सव सम्पन्न

सोमबार, ०९ मङ्सिर २०७६, १५ : ५५
सोमबार, ०९ मङ्सिर २०७६

गोरखाको बारपाक सुलीकोट गाउँपालिका वडा नं ६ स्थित ताकुकोट मन्दिर परिसरमा दोस्रो ताकुकोट न्वागी महोत्सव सम्पन्न भएको छ।

मंसिर ७ गते राति र ८ गते दिउॅसो गरि दुई दिनसम्म चलेको न्वागी महोत्सवको मूल नारा "कृषि, पर्यटन र संस्कृति: समृद्ध ताकुकोटको आधार" थियो।

महोत्वसमा जनगायक जीवन शर्माले झरनाको चिसो पानी, सिमली छायामा बसी भरिया लामो सास फेरेको ..., लगायत गीत गाएर माहोल तताएका थिए। 

यसैगरी लोकगायक संजय गुरुङले दरौदिको पानीले हुर्किएको म ...मायाले दिएको सिरम्ला ., गायक पृथ्वी गुरुङ र हेमन्त आले र पवन गुरुङको गायकीले पनि माहाेल तातिएकाे थियो। गायिकाहरु सुनिला गुरुङ, बेलिमाया गोर्खाली, सुमित्रा लामा लगायतको राष्ट्रिय कलाकारहरुको भव्य प्रस्तुति समेत महोत्सवमा रहेकाे थियो । यसैगरी नृत्य‌गंना रोमा न्यौपानेको एक खुट्टाको नृत्यले सबैलाई अच्चमित पारेको थियो। दीपक विश्वकर्माको सारङ्गी धुनसॅगै कालापानी र लिपुलेकको ब्यथाले दर्शकको रौँ सिरिङ्ग बनाएको थियो।
महाेत्सवमा वडा नं ५ र ६ स्तरीय मेमोरि नृत्य प्रतियोगिता साथै महिला/पुरुष दौड प्रतियोगिता भएको थियो । स्थानीय कला संस्कृति र नृत्य, पञ्चे बाजाको रौनक बिशेष खालको थियो।

बारपाक सुलिकोट गाउँपालिका ६ नं वडा कार्यालय ताकुकोट, गोरखा-ताकुकोट सेवा समाज,काठमाडौं र श्री माईभगवती मन्दिर संरक्षण तथा सम्बर्धन समितिको संयुक्त आयोजनामा भएको दोश्रो ताकुकोट न्वागी महोत्सव- २०७६ को सहआयोजक रुपमा ५ नं वडा कार्यालय ताकु माझ लाकुरिबोट, समृद्ध ताकु युवा समाज काठमाडौं, दीपशिखा/पुष्पाञ्जलि युवा क्लब ताकुकोट, ताकुकोट नेवार समाज गुठी साथै अन्य क्लव र संघ संस्था रहेका थिए ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतको प्रमुख आथित्यता तथा गाँउपालिका अध्यक्ष बिष्णु भट्ट, प्रदेश नं ३ सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिपेन्द्र सुवेदी , गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङ, बारपाक सुलिकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिव बहादुर गुरुङ गोरखा ताकुकोट सेवा समाजको अध्यक्ष रेशम लाल श्रेष्ठ लगायतको विशेष आथित्यता रहेकाे महोत्सवमा  हजारौ दर्शकको उपस्थिति रहेकाे थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप