काठमाडौमा ‘चीन तिब्बत व्यापार मेला’ सुरु
काठमाडौंमा ‘चीन तिब्बत व्यापार मेला’ शुरु भएको छ । नेपाल र चीनका उत्पादनहरुको प्रदर्शनी गर्ने तथा बजारको खोजि गर्ने उद्देश्य सहित नेपाल चीन उद्योग वाणिज्य संघ र तिब्बत बोर्डर ट्रेड चेम्बरले संयुक्त रुपमा मेलाको आयोजना गरेका हुन् ।
त्रिपुरेस्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा सोमबारबाट सुरु भएको मेलालाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले नेपालको व्यापार घाटा बढ्दै गएको र चीनसँग पनि ठुलो मात्रामा व्यापार घाटा रहेको बताए ।
उनले नेपाल र चीनमा संयुक्त रुपमा गरिने व्यापार मेलाले नेपालका उत्पादनको प्रवर्धन गर्न सहयोग पु¥याउने बताए । सचिव अर्यालले मेलाले बढ्दै गएको नेपालको व्यापार घाटालाई कम गर्न समेत सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
मेलामा नेपाल र चीनको स्वसाशित क्षेत्र तब्बतका व्यवसायीहरुको सहभागिता रहेको छ । मेलामार्फत दुई देशका उत्पादनहरुको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास आयोजकले गरेको छ । मेला चार दिन सम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वायुको गुणस्तर खस्किँदो, मास्क अनिवार्य लगाउन चिकित्सकको सुझाव
-
हेटौँडामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
हाकिम र ब्रिजेशले ल्याए र्याप गीत ‘चिसो चिसो हावाले’
-
राष्ट्रिय पुरस्कारको किन हुन सकेन चर्चा ?
-
आफ्नो गाउँ ठाउँलाई उपेक्षा गरिएको कास्कीकोटवासीको गुनासो
-
सरल सहयात्रीले सार्वजनिक गरे दुई वर्षमा बागमती प्रदेश सभामा भएका प्रगति विवरण