नव विवाहितलाई लक्षित गर्दै अमेजनले बेच्दै छ ‘भर्जिनिटी पिल्स’

अमेजनले नव विवाहितलाई लक्षित गर्दै ‘भर्जिनिटी पिल्स’ बेच्न थालेपछि भारतमा अत्यधिक विरोधको सामना गर्नुपरेको छ ।
‘आइ–भर्जिन’ नाम दिइएको उक्त विवादास्पद सानो क्याप्सुलमा अचम्मको ‘रगतको धुलो’ छ जुन मानिसको रगतजस्तै देखिन्छ । आफू भर्जिन छु भनेर देखाउनका लागि प्रयोगकर्ताले यौन सम्बन्ध स्थापित गर्नु दुई घण्टा अघि आफ्नो योनीभित्र प्रवेश गराउनुपर्नेछ । यो प्रयोग गर्दा कुनै पनि हानी नहुने र यो ‘उच्च गुणस्तरको रगत’ मज्जाले घोलिने अमेजनले बताएको छ । यस्ता उत्पादन बिक्रि गरेर अमेजन इन्डियाले शताब्दी पुरानो कुप्रथालाई समर्थन गरेको आरोप लगाइएको छ ।
अमेजनले यसअघि पनि यस्तै उत्पादन वर्षौंअघि देखि युरोपियन स्टोरमा जर्मनी कम्पनी भर्जिनियाकेयरसँग मिलेर नक्कली हाइमेनसमेत बेच्दै आएको छ ।
आइभर्जिन क्याप्सुल भारतमा ५० डलर (५ हजार ७ सय) प्रति प्याकेटमा बेचिएको बताइएको छ । तर अहिले यो विवादास्पद उत्पादन स्टोरबाट हटाइएको पनि जानकारीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन शो सम्पन्न
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शिक्षकहरूप्रति प्रधानमन्त्री किन भए आक्रोशित ?
-
भुसालको संयोजकत्वमा आन्दोलनको कार्ययोजना बनाउन कार्यदल गठन
-
खेल पूर्व अभ्यासमा नेपाली महिला खेलाडी, तस्बिरहरू
-
लक्ष्यको तुलनामा कम धान खरिद