कृषि क्षेत्रलाई निजी क्षेत्रसँगको सहकार्यमा अघि बढाईन्छ: मन्त्री भुसाल

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको नीति र गतिविधिलाई बदलिँदो परिवेशअनुसार अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री भुसालले नेपालको कृषि क्षेत्रलाई आजको आवश्यक्ता सम्बोधन हुने गरी अघि बढाउन सरकारले निजी क्षेत्रसँगको सहकार्यमा अझै जोड दिने चाहेको पनि स्पष्ट पारे ।
सोमबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले बीउबीजनसम्बन्धि हाम्रा नीति र गतिविधिहरुलाई संघीय ढाँचा अनुरुप बनाउन आवश्यक सबै खालको कानुन संशोधन गर्ने पनि बताए ।
‘बीउबीजनसम्बन्धि हाम्रा नीति र गतिविधि संघीय ढाँचा अनुरुप बनाउनु पर्नेछ,’ मन्त्री भुसालले भने, ‘आजको विज्ञान तथा प्रविधिको विकास तथा मुलुकको आवश्यक्ता दुवै कुरालाई ध्यानमा राखेर सरकारले संविधान अनुकूल हुने गरी आवश्यक कानुनहरु संशोधन गर्नेछ ।’ मन्त्री भुसालले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न निजी क्षेत्रको अझ बढि सहयोगको अपेक्षा गरिएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुशासन समितिले निर्णय नगर्दा कांग्रेसको क्रियाशील सदस्यता नवीकरण प्रभावित
-
लन्डन दूतावासमा आयोजित सेना दिवसमा पहिलोपल्ट ब्रिटिस सेनापति
-
असममा ५.० रेक्टर स्केलको भूकम्प
-
रारा ताल किनारको डाँफे होटलमा आगलागी, जलेर पूर्णरुपमा नष्ट
-
मगर भाषालाई कामकाजी भाषा रूपमा लिनुपर्छ : सभामुख घर्ती मगर
-
एकाएक फेसबुकमा समस्या