अमेरिकाका नेपालीले ह्वाइट हाउस अगाडि भारतविरुद्ध प्रदर्शन गर्ने
डिसी । अमेरिकामा रहेका नेपाली संघ/संस्था र नेपाली समुदायले ह्वाइट हाउस अगाडि भारतले गरेको भूमि अतिक्रमण विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् ।
नेपालमा भारतको चौतर्फी व्यापक विरोध भैरहेको अवस्थामा अमेरिकी राष्ट्रपति भवन अगाडि रहेको लाफेएट उद्यान (पार्क )मा जम्मा भै डिसेम्बर १४ शनिबारका दिन विरोध प्रदर्शन गर्ने तयारी भएकाे हाे ।
अमेरिकामा लामो समयदेखि बस्दै विभिन्न संघ/संस्थामा विभिन्न ओहदामा नेतृत्व लिई सकेका नेपालीहरुले गत नोभेम्बर २० र नोभेम्बर २३ मा आयोजना गरेको दुर संचार प्रणाली( टेली कन्फेरेन्स कल ) को माध्यमद्वारा भारत विरुद्ध ऐतिहासिक कार्यक्रम गर्ने योजना बनाएका हुन् ।
सन् २०१५ मा भारतले अघोषित आर्थिक नाकाबन्दी गर्दा पनि अमेरिकामा बस्ने नेपालीहरुले भारत विरुद्ध विरोध प्रदर्शन गरेका थिए।
उक्त दिन बिहान १० बजे प्रदर्शन गर्ने समय निर्धारण गरिएको छ भने संयुक्त नेपाली मोर्चा जस्लाई 'नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू'नामक नेपालीहरुको समूहले नेतृत्व गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल