सिंगापुरमा ४ नेपाली सम्मानित
सोमबार, ०९ मङ्सिर २०७६, ११ : ५०
काठमाडौँ । सिंगापुरमा हालै सम्पन्न छैठौ ‘अन्तराष्ट्रिय गोल्डेन ब्राण्ड अवार्ड २०१९’ मा ४ नेपाली सम्मानित भएका छन् ।
३० राष्ट्रका बिभिन्न २५ बिधामा नेमिनिज ४ सय पुरुष सहभागी अवार्डमा नेपालका कोरियोग्राफर आस्विनी कान्त झा र पेजेण्ट निर्देशक निशु कान्त झा सम्मानित भएका छन् ।
सिंगापुरको आर्किड कन्ट्री क्लबमा आयोजित कार्यक्रममा आस्विनी र निशुलाई सौदर्य प्रतियोगिता र मोडलिङमा पुर्याएको योगदानको आधारमा यो अवार्ड प्रदान गरिएको थियो ।
आस्विनी र निशुलाई उक्त अवार्ड कार्यक्रममका प्रमुख अतिथि इन्डोनेसियाका राजा अरिया पकु आलम अल हजले प्रदान गरेका थिए ।
त्यस्तै २० देशबाट करिव २५० महिला सहभागी अर्काे अवार्ड ‘लेडी अफ एक्सिलेन्स अवार्ड २०१९’ ब्यबासयी तथा मोडल एलिजा महर्जन र डान्स कोरियोग्राफर सावित्री खत्री हात पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा